औषधि व्यवस्था विभागबाट ‘ग्लोबल रेफ्रेन्स ल्याब’लाई मान्यता

दृष्टि न्यूज

काठमाडौं । औषधी व्यवस्था विभागबाट ‘ग्लोबल रेफ्रेन्स ल्याब’ले मान्यता पाएको छ । यो ल्याब नेपालमा औद्योगिक उत्पादनका नमुना परीक्षणका लागि सहयोगी ल्याब सञ्चालन हुने क्रममा सन् २०१६ मा सञ्चालनमा आएको हो ।
यसअघि यस्तो नमुना परीक्षण भारत निर्भर थियो । खाद्य र औषधि गुणस्तर परीक्षणका लागि नेपाल औषधि व्यवस्था विभागबाट समेत हालै सम्बन्धन प्राप्त गरेको छ । 
उद्योगस्तरमा दैनिक उपभोग्य बस्तु उत्पादनपश्चात् बजारमा उपलब्ध हुनुअघि उपभोग योग्य परीक्षण, अत्यावश्यक उत्पादन प्रक्रिया अन्तर्गत पर्दछ । यस्तो परीक्षणमा ग्लोबल रिपे्रmन्स ल्याबले विश्वविख्यात औद्योगिक प्रयोगशासाला उपकरण ब्रान्ड एजीलेन्टलाई प्रयोगमा ल्याएको छ । उक्त ब्राण्डका एच.पी.एल.सी लगायतका उपकरण भित्रायाई बस्तुको नमुना परीक्षणलाई विश्वसनीय हुन थप सहयोग पुग्ने विश्वास गरिएको छ । एजीलेन्ट ल्याब उपकरण् मध्ये उत्कृष्ट नतिजा दिने ब्राण्डको नामले परिचित छ । 
ल्याबले कुशल बस्तु उत्पादन प्रक्रियालाई पछ्याउँदै स्तरिय परीक्षण रिपोर्ट उपलब्ध गराउँदै आएको जनाएको छ । जसका लागि औषधि व्यवस्था विभागको मापदण्डअन्तर्गत प्रत्येक दुई वर्षमा उपकरण र प्रविधिको स्तरउन्नती गरिएको कम्पनीले जनाएको छ । 
ल्याबले आयातीत तयारी औषधि र नेपाली औषधि उत्पादकले प्रयोग गर्ने विदेशी कच्चा पदार्थको गुणस्तर परीक्षणलाई आवश्यक  पर्ने सम्पूर्ण भौतिक पूर्वाधारको प्रबन्ध भएको ल्याबका प्रबन्ध निर्देशक विजेशवर पोख्रेल बताउँछन् । 
कम्पनीले पाँच पूर्णकालीन ल्याब विशेषज्ञमार्फत सेवा उपलब्ध गराउँदै आएको छ भने आगामी दिनमा अन्तर्राष्ट्रिय ल्याबबाट समेत सम्बन्धन प्राप्त गरी विदेशी उत्पादकका औषधिको नमुना परीक्षणलाई नेपालमा आकर्षित गर्ने योजनामा रहेको जनाइएको छ । 

Related News