शान्तिनगरमा दुर्घटना एकको मृत्यु

काठमाडौं, ३ असोज 
काठमाडौं महानगरपालिका–३१ शान्तिनगर गेट अगाडि मंगलबार भउको दुर्घटनामा एकको मृत्यु भएको छ । बा.७ च ६२०६ नम्बरको टाटामोवाईल गाडीले सोमबार ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री काठमाडौं बानेश्वर बस्ने मकवानपुर चिसापानीका २४ वर्षीय  बिशाल तिमल्सिनाको सिभिल अस्पताल बानेश्वर हुँदै थप उपचारको लागि ट्रमा सेन्टर लगेकोमा उपचारको क्रममा मृत्यु भएको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Related News