​नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु

दृष्टि न्यूज

नवलपरासी, ४ कात्तिक ।  
नवलपरासीमा भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । बर्दघाट सुस्तापुर्वको मध्यबिन्दु नगरपालिका–११ बाहुनीकुनामा आइतबार विहानै भएको बस दुर्घटनामा  ६ जनाको मृत्यु भएको हो ।
 इटहरीबाट रुपन्देहीको भैरहवा जाँदै गरेको लु १ ख ८४५४ नम्बरको बस आज विहान ५ बजे मध्यबिन्दु नगरपालिका–११ बाहुनीकुना सडकबाट करिब ५० मिटर तल खसेको थियो । 
  घटनास्थलमै मृत्यु हुनेमा मोरङ सुन्दर हरैचा १२ का ११ बर्षीय सुहन कार्की,भोजपुर हतुवागढी ६ का २७ बर्षीय रामजित राई,सुनसरी घर भई नवलपरासी पश्चिम जिल्ला जनस्वास्थ्य कार्यालयमा कार्यरत ३२ बर्षीय अब्दुल अन्सारी, भारत बिहारका विद्यानन्द यादव र उपचारको लागी भरतपुर मेडिकल कलेज पुरयाईका नेपाली सेनामा कार्यरत गुल्मी हस्तचौर(२ का ३५ बर्षीय तिलक विष्टको मृत्यु भएको हो । 
 घाइते भएका ४४ जना मध्ये ३५ जनाको भरतपुर मेडिकल कलेज चितवनमा र ९ जनाको अरुणखोला स्थित मनकामना पोलिक्लिनिकमा उपचार भइरहेकामा ६ जना भने उपचार पश्चात घर फर्कि सकेका छन् । 

Related News