​ट्क्याक्टर दुर्घटनामा २ को मृत्यु

दृष्टि न्यूज

झापा । दमक–रवि सडकअन्तर्गत इलामको माङ्सेवुङस्थित भञ्ज्याङ खण्डमा गएराति भएको ट्क्याक्टर दुर्घटनामा परेर चालकसहित दुई जनाको मृत्यु भएको छ । 
मृत्यु हुनेमा पाँचथर इलाम, माङ्सेवुङ गाउँपालिका–३ का २८ वर्षीय नवीन कुरुम्बाङ र सहचालक धनकुटा जिल्ला चौबिसे गाउँपालिका–८ घर भएका २२ वर्षीय गोकुल लिम्बूको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । 
दुर्घटनामा परेर गम्भीर भएका दुवैको दमकस्थित लाइफलाइन अस्पतालमा शुक्रबार बिहान उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले बताए  । पाँचथरको रविबाट दमकतर्फ आउँदै गरेको अदुवा बोकेको मे१त ८०२५ नंको ट्क्याक्टर दुर्घटना भएको थियो । मालवाहक ट्क्याक्टर सडकदेखि १५० फिट तल खसेको थियो ।

Related News