मनपरेकाहरु सबै टाढा भए : पुजा शर्मा, अभिनेत्री

दृष्टि न्यूज

काठमाडौं । मोडलिङ हुँदै फिल्ममा प्रवेश गरेकी पुजा शर्मा एक सफल अभिनेत्री मानिन्छिन् । ‘प्रेम गीत’ पछि एकाएक चर्चामा आएकी पुजा अभिनीत पहिलो फिल्म भने ‘मधुमास’ हो । त्यस्तै पुजा अभिनीत पछिल्लो फिल्म ‘म यस्तो गीत गाउँछु’ युवापुस्ताले रुचाए । तर, पुजा अब अभिनेत्री मात्र होइनन्, उनी निर्मात्री पनि हुन् । पुजा निर्मित फिल्म ‘रामकहानी’ अहिले निर्माणको अन्तिम चरणमा छ । प्रस्तुत त पुजासँग रेजिना पाण्डेले गरेको कुराकानी :


हिजोआज केमा व्यस्त हुनुहुन्छ ?
– मेरो आफ्नै प्रोडक्शनको फिल्म ‘रामकहानी’ मा व्यस्त छु । यही फिल्मको क्रममा कतार जाँदै छु  । 
‘म यस्तो गीत गाउँछु’ दर्शकले रुचाएका थिए । ‘रामकाहानी’बाट चाहिँ कस्ता अपेक्षा गर्नुभएको छ ?
– ‘म यस्तो गीत गाउँछु’ले सोचेभन्दा राम्रो व्यापार ग¥यो । यो सबै दशर्कको मायाले हो । ‘रामकहानी’कोे बिषयबस्तु  पनि राम्रो छ । यस फिल्मबाट म पूर्ण आशावादी छु ।
आफ्नो फिल्ममा आफै नायिका किन नी ?
– सुुरुमा नयाँ नायिकालाई मौका दिउ भन्ने योजना थियो । तर,  पछि फिल्मको बिषयवबस्तुले मलाई नै सुहाउँने भएकाले आफैले गरेकी हुँ । 
पैसा जोगाउनलाई त होइन नि ?
– होइन, आफूलाई नै सुहाउँने भएकाले मात्र आफ्नो लगानीको फिल्ममा आफैले अभिनय गरेकी हुँ ।
अभिनयमै सफल हुनुहुन्छ । यसैबेला निर्माणमा किन ?
– आफू  पनि केही नयाँ सोचमा फिल्म बनाउँ भन्ने उद्देश्यले निमार्णमा हात हालेकी हुँ । 
तपाईले निमार्ण गर्ने फिल्ममा नयाँ के पाइन्छ ?
– नयाँ सोच र सबै वर्गका दर्शकलाई हुने गरी एउटा फिल्म बनाउँने योजना छ । फिल्म भनेको दशर्कको इच्छाअनुसार बनाउँनुपर्छ । 
तपाइँ अभिनित फिल्महरु सफल भएका छन् । यसमा के भन्नुहुन्छ ?
– हो, यसमा आफूलाई भाग्यमानी मान्छु । मैलै जति पनि फिल्म गरेँ, सबै चलेको छ । व्यापार पनि राम्रो गरेको छ । 
फिल्म चल्नुलाई प्रचार वा राम्रो कथावस्तु के चाहिन्छ ?
– दुवैको आवश्यकता पर्छ । आजको समयमा विज्ञापन बिना केही काम छैन । आफनो समान नै राम्रो छैन भने बिज्ञापनले केही गर्दैन । त्यसैले दुवै उत्तिकै महत्वपूर्ण छ ।
पछिल्लो समय म्युजिक भिडियो कम गर्न थाल्नु भएको हो ?
– हो, मलाई म्युजिक भिडियोमा मोडलिङ गर्ने त्यति इच्छा छैन । म फिल्ममा क्षेत्रमा सर्घष गरिरहेकी छु । दशर्कले पुजा शर्मा अभिनित फिल्म हेर्न चाहन्छन् । म्युजिक भिडियोले त्यसको पूर्ति गर्दैन । 
फिल्ममा लागेर अहिलेसम्ममा के पाउँनु भयो ?
– सबैभन्दा ठूलो कुरा नाम पाएँ । अनि हिजो स्कुटरमा हिड्थे । आज कारमा हिड्छु । हिजो घरभित्र मात्र सिमित थिएँ, आज दशर्कको मनमा बसेको छु । 
महिलालाई फिल्म क्षेत्रमा विविध खाले समस्या छ कि छैन ?
– धेरे समस्याहरु छन् । खुट्टा तान्ने हाम्रो यो समाजमा राम्रो काम ग¥यो भनेर प्रशंसा गर्नुभन्दा आलोचना बढी गर्छन् । झन् छोरी मान्छे भनेर हेला गर्ने यो समाजले उनीहरुको सफलतादेखि रीस त गरिहाल्छन् नि । तर, यस्ता रीस र आलोचना गर्ने सगँ डराएर भाग्नु भनेको मुर्खता हो । 
अब त घरजम जोड्ने बेला पनि भयो है ?
– खै, अहिलेसम्म साइत नै आएको छैन । हुनु त भयो होला । 
लभमा पर्नु भएको त होला नि ? 
– लभ भन्ने चिज डेन्जर रहेछ । यसमा फस्नुभन्दा नफस्नु नै राम्रो । 
तपाइँलाई मन पर्ने कोही थियो कि ?
– थिए । तर, मनपरेकाहरु टाढा भए  । अब लभमा कहिल्यै पर्दिनँ ।  लभमा धेरै धोका पाएँ । 




Related News