​अफगान राष्ट्रपतिद्वारा युद्धविराम घोषणा

दृष्टि न्यूज

काबुल, २४ जेठ (एजेन्सी) ।
अफगानिस्तानका राष्ट्रपति असरफ घानीले अस्थायी युद्धविरामको घोषणा गरेका छन् । उनले इद अल फित्र पर्वलाई ध्यानमा राख्दै अफगानिस्तानभर अफगान सेनाले तालिबानविरुद्ध आक्रामक रोकिएको घोषणा बिहीबार गरेका हुन् । 
रमादान पर्वको क्रममा राष्ट्रपतिले घोषणा गरेको यस युद्धविराममा अफगानिस्तानको सरकारसँग युद्धरत तालिबान आतंककारीबाट भने कुनै प्रतिक्रिया आएको छैन । 
राष्ट्रपतिको आधिाकारिक ट्वीटकाअनुसार रमादान पर्व सोमबार अर्थात ११ जुनबाट सुरु हुने र जुन १५ मा समाप्त हुने भएकोले सो समयलाई मध्यनजर गरेर युद्धविरामको घोषणा गरिएको हो । 
रमादानको पाँचौँ दिनमा इद अल फित्र मनाइने चलन  छ । तालिबान आतंककारी समूहले अफगानिस्तानका सुरक्षा अधिकारी तथा सर्वसाधारणमाथि समेत आक्रमण गर्दै आएको पाइन्छ ।

Related News