​एएफसी यू २३ मा नेपाललाई लेबनानले हरायो


काठमाडौं, ५ साउन । एएफसी यु २३ च्याम्पियनसिप फुटबलको छनोट चरणको अन्तिम खेलमा नेपाल लेबनानसँग पराजित भएको छ । 
संयुक्त अरब इमिरेट्स (युएई)को अल अइनस्थित ताहानोनविन मोहम्मद स्टेडियममा बुधबार राति १ बजे सम्पन्न खेलमा नेपाल लेबनानसँग २–० गोलअन्तरले पराजित भएको हो । नेपालले खेलको पहिलो हाफ र दोस्रो हाफमा एक÷एक गोल खायो । खेलको पहिलो हाफको २८औं मिनेट र ९० औं मिनेटमा लेबनानका हासान कुरानीले दुई गोल गदैँ आफ्नो टोलीको जित सुनिश्चित गरे । 
समूह डीमा रहेको नेपालले तीन खेल खेल्दा तीनै खेलमा पराजय भोग्यो भने प्रतियोगितामा एक गोल पनि नगरी स्वदेश फर्कने भएको छ । 

Related News