एसबिआई मर्चेन्ट बैंकिङले ​नेपाल–एग्रो माइक्रो फाइनान्सको सेयर निष्कासन गर्ने

दृष्टि न्यूज

काठमाडौं । नेपाल–एग्रो माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडको सेयर निष्कासनका लागि नोपल एसबिआई मर्चेन्ट बैंकिङ नियुक्त भएको छ । माइक्रो फाइनान्सले साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) गर्न लागेको हो । साधारण सेयर निष्कासनको सम्झौतामा मर्चेन्ट बैंकिङका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र माइक्रो फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्माले हस्ताक्षर गरेका छन् । 
नेपाल–एग्रो माइक्रो फाइनान्सले एक सय अंकित मूल्य भएको १ लाख ४४ हजार कित्ता सेयर १ करोड ४४ लाख रुपैयाँमा निष्कासन गर्ने मर्चेन्ट बैंकिङले जनाएको छ । नेपाल एसबिआई मर्चेन्ट बैकिङ लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

Related News