​जग्गा दलालमाथि कारवाही गर्ने कृषि मन्त्रीको घोषणा

दृष्टि न्यूज

काठमाडौं । 
कृषिमन्त्री चक्रपाणि खनालले खेतीयोग्य जमिन खण्डीकरण गरेर जग्गा दलालहरुले देशको आर्थिक अवस्था नै जर्जर पारेको दावी गर्दै जग्गा दलालमाथि कारवाही गर्ने संकेत गरेका छन् । लामो समय संक्रमणकालबाट गुज्रेको नेपालको अधिकांश खेतीयोग्य जमिन प्लटिङ गरेर बिक्री गरेका कारण कृषि उत्पादन घट्दै गएको छ । 
बुधबार बुटवलमा आयोजित एक कार्यक्रममा मन्त्री खनालले दलालको मनपरीले कृषियोग्य जमिन ध्वस्त भएको दाबी गर्दै कारवाही गर्ने बताएका हुन् । उनले भूमाफिया र दलालकै कारण जग्गा टुक्राउने कार्य तीव्र भएको र उत्पादनशील जमिन घडेरीको नाममा बाँझो जमिनमा परिणत भएकोले राष्ट्रिय अर्थतन्त्रै असर परेको दावी गरे । 
कृषियोग्य जमिन बचाउन नयाँ कार्ययोजना र नीति बनाउन लागेको जानकारी गराउँदै जग्गा खण्डिकरण कार्य जुनसुकै हालतमा रोक्ने बताएका हुन् । भूमिसम्बन्धी नीति, ऐन भुउपयोग नीतिलगायतका कानुनहरु बनाएर कृषियोग्य भूमि बचाउने बताउँदै मन्त्री खनालले किसानलाई राहत दिन सरकार तयार रहेको समेत खुलासा गरेका छन् ।

Related News