​कमाउ धन्दामा एआइजी

चितवन, २८ भदौ । नेपाल प्रहरीले प्रदेशमा खटाएका अतिरिक्त प्रहरी महानिरीक्षकहरु कमाउधन्दामा लागेका छन् ।  ५ नम्बर प्रदेशका एआइजी मिङमार लामाले भैरहवामा ओभरलोड ट्रकहरुलाई निर्वाध सामान बोक्न छुट दिएर दशैंमा कमाउ धन्दा चलाइरहेका छन् । ३ नम्बर प्रदेशका एआइजी केशरीराज घिमिरेले जुवा अखाडा संचालकसँग लाभ लिएको आरोप छ ।   
जिल्ला प्रहरी कार्यालय चितवनको बिशेष टोलीले सेटिङमा खेलाइएको जुवा अखडामा छापा मारी २१ जनालाई पक्राउ गरेपछि एआइजीको संरक्षणमा जुवा खेलाउने गरेको खुलेको छ ।  भरतपुर महानगरपालिको वडा नंं.१० स्थित थकाली भान्सा घरमा कौडा खेली रहेको अवस्थामा चितवन प्रहरीको सादा पोसाकको टोलिले उनीहरुलाई नियन्त्रणमा लिएको चितवन प्रहरीले जानकारी दिएको छ । प्रहरीले उनीहरुबाट १२ लाख पचास हजार रुपैयाँ नगद समेत बरामद गरेको छ ।
 पक्राउ पर्नेहरुमा दीपक थापा, रोसन राना मगर, रितिक घिमिरे, बुद्ध गुरुङ्ग, राजु गुरुङ्ग, दिपक थापा मगर, बिजन श्रेष्ठ, दिपेश गुरुङ्ग, अशोक प्रजापति, युवराज चन्द्र बिष्ट रहेका छन् । जुवा अखडा चलाउने राजन कार्की सुरुमा नै भागेका छन् । प्रहरी स्रोतका अनुसार उक्त जुवा अखडाबाट जिल्लाकै घुमुवा असई कमल परियारले रकम असुल्दै आएका थिए ।
 तीन नम्वर प्रदेशका प्रमुख एआईजी केशरीराज घिमिरेले रकम असुल्न परिचालन गरेका असई परियारले उक्त जुवा अखडादेखी नारायणगढका ट्रान्स्पोर्ट,चोरीको गिरोहबाट रकम असुल्दै आएको उजुरी जिल्लामा परेपपनि एसपी दिपक थापाले उनलाई कुनै कारवाही गर्न सकेका छैनन् । त्यस्तै, चनौली र सौराहामा पनि दैनिक लाखौको जुवा सन्चालन भैरहेका छन् । 

Related News