​काठमाडौं विमानस्थलको धावनमार्ग बिग्रेपछि जहाजहरु आकाशमै होल्ड

दृष्टि न्यूज

काठमाडौं । 
नेपालको एक मात्र विमानस्थलको धावनमार्ग बिग्रेपछि भारत, चीन तथा खाडीमुलुकबाट आएका जहाजहरु आकाशमै होल्ड हुन बाध्य भएका छन् । आज अपरान्ह २ बजे भुटानबाट आएको जहाज अवतरण गर्ने क्रमममा धावनमार्गमा खाल्डा परेपछि उक्त खाल्डा टाल्नको लागि आधा घण्टा विमानस्थल नै बन्द गरेर मर्मत कार्य गरिएको छ । 

एकाएक धावनमार्ग बिग्रेपछि काठमाडौंतर्फ आइरहेका जहाजहरु आकाशमै होल्ड हुन बाध्य भएका थिए । धावन मार्ग बिग्रदा मस्कटबाट आएको ओमन एयरको जहाज पाँच फन्का आकाशमै फन्को मार्न बाध्य भयो भने नयाँदिल्ली काठमाडौं उडानको क्रममा रहेको जेट एयरवेज चार फन्का बाराको आकाशमाथि होल्ड हुन बाध्य भयो । त्यस्तै दिल्ली काठमाडौंकै एयर इण्डिया पनि यो समाचार तयार गर्दासम्म आकाशमै फन्को मारिहेको छ भने कुन्मिङ–काठमाडौं उडानमा रहेको चाईना इष्टर्न एयरवेजको जहाज पनि आकाशमै होल्ड हुन बाध्य छ । 
विमानस्थल मर्मतको क्रममा आन्तरिक उडानमा रहेका जहाजहरु समेत डाईभर्ट भएको विमानस्थल सूत्रले जनाएको छ । दुई बजेदेखि सुरु गरिएको मर्मत कार्य करिब पौने तीन बजे सम्पन्न भएपछि विमानस्थल  सुचारु भइसकेको छ । 

Related News