काठमाडौं विमानस्थलमा आज पनि अत्याधिक ट्राफिक जाम

नौ वटा जहाज बाराको आकाशमाथि होल्ड हुँदै, हवाई ट्राफिक व्यवस्थापन चुनौतिपूर्ण बन्दै

दृष्टि न्यूज

काठमाडौं, २९ फागुन ।
हेभी ट्राफिक जामका बीचमा अवतरणको क्रममा युएस बंगला एयरलाइन्सको जहाज दुर्घटना भएको भोलिपल्ट आज पनि काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधिक ट्राफिक जाम भएको छ । 
हवाई यातायातको उचित व्यवस्थापन गर्न विमानस्थल कार्यालय र एयर ट्राफिक कन्ट्रोलरले भूमिका निर्वाह गर्न नसकेपछि मंगलबार अपरान्ह १२ः०८ बजे काठमाडौं स्थित विमानस्थलमा अवतरण गर्न करिब एक दर्जन जहाज आकाशमै पाखो पर्खिरहेका छन् । आकाशमा जहाज होल्ड गरेर अवतरणको लागि पालो पर्खदा निकै महंगो पर्ने गर्दछ भने सुरक्षा खतरा समेत उत्तिकै बढेको देखिएको छ । तिब्बत एयरलाइन्स, चाईना साउथर्न एयरलाइन्स, सिल्क एयर, जेट एयरवेज, नेपाल एयरलाइन्स र संयुक्त राष्ट्र संघको जहाज काठमाडौंस्थित विमानस्थलमा अतवरण गर्न पालो पर्खिरहेका छन् । त्यस्तै आन्तरिक उडानमा रहेको जहाज समेत आज बारा, मकवानपुरमाथिको आकाशमा पुगेर होल्ड भएका छन् । पोखराबाट आएको यति एयरलाइन्स समेत बारा माथिको आकाशमा पुगेर होल्ड भइरहेको छ । दुर्घटनाको भोलिपल्ट विमानस्थलमा अत्याधिक चाप बढेको हो । चाप व्यवस्थापन गर्ने कार्यकुशलताको अभावमा काठमाडौंस्थित विमानस्थलमा सधैं समस्या हुने गरेको छ । 
केही समयअघि अवतरण गरेको मलेसियन एयरलाइन्सले इन्टुमेन्ट ल्याण्डिङ गरेको छ । भिजिबिलिटी न्यून हुँदा इन्टुमेन्ट ल्याण्डिङ गर्ने गरिन्छ । अन्य जहाजहरुले भिएफआर नै ल्याण्डिङ गरिरहँदा मलेसियन एयरलाइन्सले रिस्क मोल्न नचाहेर इन्टुमेन्ट ल्याण्डिङ गरेको अनुमान गरिएको छ । हिजोको घटनापछि त्यसको प्रत्यक्ष असर पाइलटहरुमा समेत परेको देखिन आएको छ । 

Related News