​आठ वर्षपछि फिल्ममा अभिषेक–ऐश्वर्या जोडी

दृष्टि न्यूज

काठमाडौं । बलिउड अभिनेता अभिषेक बच्चन र ऐश्वर्या राय बच्चन करिब ८ वर्षप्छि पर्दामा सँगै देखिने भएका छन् । अभिषेक र ऐश्वर्या पछिल्लो समय सन् २०१० मा फिल्म ‘रावण’ मा सँगै देखिएका थिए । जसको निर्देशन मणि रत्नमले गरेका थिए ।
भनिन्छ, यी बलिउड दम्पति अब फ्यान्टम फिल्मस्को ब्यानरमा बन्ने फिल्ममा सँगै काम गर्दैछन् । जुन फिल्मको निर्माण अनुराग कश्यपले गर्न लागेका हुन् । उक्त फिल्मको निर्देशन कुनै नयाँ निर्देशकले गर्न सक्ने बताइएको छ । तर, नाम खुलाइएको छैन ।
अभिषेक र ऐश्वर्याले अहिलेसम्म ८ वटा फिल्ममा सँगै देखिएका छन् । उनीहरु ‘ढाई अक्षर प्रेम के’, ‘कुछ ना कहो’, ‘उमराव जान’, ‘धुम–२’, ‘गुरू’, ‘सरकार राज’ र ‘रावण’मा सँगै देखिएका थिए ।
अभिषेक बच्चन र ऐश्वर्याले विवाह गरेको समेत १० वर्ष भइसकेको छ । उनीहरुका एक छोरी आराध्या छिन् । ऐश्वर्या चाँडै फिल्म ‘फन्ने खां’मा अभिनेता राजकुमार राव र अनिल कपूरका साथ काम गर्दैछिन् । 

Related News