​गीतकार अधिकारीको ‘देउरालीको फूल’

दृष्टि न्यूज

काठमाडौं, १३ बैशाख ।
गीतकार युवराज अधिकारी ‘देउरालीको फूल’ लिएर आएका छन् । अधिकारीको गीति रचनामा विभिन्न चर्चित गायक÷गायिकाले स्वर दिएका छन् । 
आधुनिक गीति एल्बम ‘देउरालीको फूल’ मा अक्षता र जमरा, आकाशको माथि–माथि, आँशु आफै पिउनुपर्छ, एक्लै एक्लै, बिहानीको शित टेकेर र देउरालीको फूल बोलका गीत छन् । ती गीतहरुमा दीप श्रेष्ठ, रामकृष्ण ढकाल, स्वरुपराज आचार्य, प्रमोद खरेल र मीना निरौलाले स्वर दिएका छन् । 
एल्बमको शीर्ष गीतमा दीप र मीनाको युगल स्वर छ । म्युजिक संसार नेपालले बजारमा ल्याएको यस एल्बममा संगीतकार सुरेश अधिकारीको एकल संगीत रहेको छ । एल्बमका सबै गीत कर्णप्रिय छन् ।  

Related News