​गायक सुवासले ल्याए अमर माया

दृष्टि न्यूज

काठमाडौं, २० वैशाख । गायक सुवास लामा पाख्रिनको स्वरले सजिएको मार्मिक भाका लोकदोहोरी म्युजिक भिडियो अमर रहोस माया मा सार्वजनिक भएको छ । आइतबार सैलुङअनलाइनको युट्युब च्यानलबाट सार्वजनिक भिडियोमा गायक पाख्रिनलाई गायिका निशा लामाले साथ दिएकी छन् । 
गीतसंगीत क्षेत्रमा पछिल्लो समय ब्यस्त र स्टेज कार्यक्रमहरुमा छाएका कलाकार हुन् सुवास । गायक पाख्रिनको गीतमा मायाप्रीतिका शब्दहरू उनीएका छन् । एरिन तामाङ र बिनु तामाङले गरेको फिचरिङमा एकआपसमा मायाको सम्बन्धलाई उठाएको छ । 
हिमालयन इन्टरटेन्टमेन्ट प्रालिको प्रस्तुति रहेको म्युजिक भिडियोमा शब्द संगीत गायक पाख्रिनकै छ भने जनकराज अधिकारीले छायांकन गरेका छन् । बुद्ध स्याङ्बाको एरेञ्ज र जोहन राईले निर्देशन र सम्पादन गरेका छन् ।

Related News