परमाणु सम्झौताबाट अमेरिका अलग्गिए, इरानद्वारा चेतावनी

दृष्टि न्यूज

काठमाडौं, २६ बैशाख । 
इरानसँगको परमाणु सम्झौताबाट संयुक्त राज्य अमेरिकाले अलग भएको घोषणा गरेको छ । अमेरिका अलग भएको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार साँझ गरेका हुन् । यो सम्झौता अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाको कार्यकालमा गरिएको थियो । 
हाल आएर उक्त सम्झौता अमेरिकाका लागि अर्थपूर्ण नरहेको भन्दै अमेरिकाले अलग भएको घोषणा गरेको समाचारमा जनाइएको छ । 
अमेरिकासहित विश्वका शक्ति राष्ट्रहरु फ्रान्स, इरान, जर्मीनी र बेलायतबीच सन् २०१५ मा शान्तिको पक्षमा भन्दै सो सम्झौता भएको थियो । यस सम्झौताबमोजिम इरानले परमाणु कार्यक्रम रोक्ने सहमति भएको थियो । 

इरानले परमाणु कार्यक्रम रोक्ने र अरु शक्ति राष्ट्रहरुले उमाथि लगाइएका परमाणुसम्बन्धी प्रतिवन्ध फुकुवा गर्ने सहमति सो सम्झौतामा भएको थियो । 
अमेरिकाको यो निर्णयको इजरायलले भने समर्थन गरेको छ । तर पनि सन् २०१५ मा यस सम्झौतामा सहभागी भएका देशहरु फ्रान्स, जर्मनी र बेलायतले भने अमेरिकाको यस निर्णयप्रति विरोध जनाएका छन् । 
यस सम्झौता तोडेकोमा इरानले पनि कडा शब्दमा निन्दा गरेको छ । यो सम्झौता एकतर्फी तोडेसँगै इरानमाथि अमेरिकाले आर्थिक नाकाबन्दी लगाउने घोषणा पनि गरिएको छ । 
इरानले एकतर्फी रुपमा यस सम्झौता तोडेकोमा तथा उसमाथि आर्थिक नाकाबन्दी लगाउने भनी आएको समाचारकाको विषयप्रति पनि इरानले आपत्ति जनाएको हो । 

इरानका राष्ट्रपति हसन रुहानीले उक्त सम्झौताबाट अलग हुने अमेरिकी निर्णयको कडा शब्दमा निन्दा गर्नुभएको छ । अमेरिकाले गरेको यस निर्णयको विरोधमा इरानले अब आगामी दिनहरुमा युरेनियम प्रवर्धनको काम थाल्ने चेतावनी दिएको छ । 
यसमार्फत उर्जा आपूर्ति गर्ने र यससम्बन्धी नै हतियारहरु निर्माण गरिने चेतावनी इरानले दिएको हो । राष्ट्रपति रुहानीले आणविक ऊर्जा संगठनलाई युरोनियमको उत्पादन तथा सम्बर्धनको काम सुरुगर्न निर्देशन दिइएको पनि सार्वजनिक गरे । 
उनले यसअघि नै सम्झौताबाट अलग नहुन अमेरिकालाई चेतावनी दिँदै यदि यसबाट अमेरिका अलग भएमा अमेरिका पछि पछुताउनुपर्ने चेतावनी दिए । 

उनले अमेरिकाले यदि उक्त सम्झौता खारेज ग¥यो भने उसले यसअघि कहिल्यै पनि नसोचेको समस्याको सामना गर्नुपर्ने चेतावनी दिएका थिए । राष्ट्रपति ट्रम्पले इरानसँगको पारमाणविक सम्झौताको विषयमा मंगलबार साँझसम्ममा निर्णय गर्ने जानकारी सोमबारै ट्वीटरमार्फत दिएका थिए । 
यस सम्झौता नतोड्न अमेरिकालाई सहमत गराउने प्रयासमा युरोपेली देशहरू पनि लागेका थिए । त्यसको परिणाम सकारात्मक नरहेपछि उनीहरु सफल हुन नसकेको देखिएको छ । (एएफपी)

Related News