​एन्फाको निर्वाचनमा लाखौं भ्रष्टाचार !

दृष्टि न्यूज

काठमाडौँ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को गत वैशाखमा सम्पन्न भएको निर्वाचनमा लाखौँ रकम अनियमितता भएको आरोप खेलकर्मीले लगाएका छन् । 
निर्वाचन कमिटीलाई समेत किनेर वर्तमान नेतृत्वले चुनाव जितेको आरोप लगाएको छ । एन्फा पूर्व अध्यक्ष तथा साफका वर्तमान अध्यक्ष समेत रहेका मणि कुँवरले सोमवार पत्रकार सम्मेलन गर्दै यस्तो आरोप लगाएका हुन् । वैशाख २२ गते भएको एन्फाको चुनावमा अध्यक्षको उम्मेदवारी दिएर पनि चुनावको एकदिन अघि उम्मेदवारी परित्याग गरेका कुँवरले निर्वाचनमा धाँधली भएको दावी गर्दै  पत्रकार सम्मेलन गरेका हुन् । 
एन्फाको चुनावमा सहभागी नभएका कुँवरले निर्वाचन कमिटीमा रहेका सुमन केसी र राजभाई मानन्धरले आर्थिक लेनदेन गरेको समेत आरोप लगाएका छन् । कुँवरले लगाएको आरोप ।
१. निर्वाचन कमिटिलाई ज्यान मार्ने धम्की तथा आर्थिक प्रलोभनमा पारेको ।
२. मतदातालाई प्रत्यक्ष रुपमा पैसा बाँड्ने काम गरेको ।
३. मतदातालाई प्रत्यक्ष प्रभावित पार्ने गर्ने उद्देश्यमा देशका विभिन्न स्थान तथा भारतमा समेत लगेर ठुलो धनराशी खर्च गरेको ।
४. चुनाव लगत्तै मतदातालई युरोप भ्रमणमा लगेको ।
५. न्यायलयलाई समेत आर्थिक लेनदेनबाट प्रभावित पार्ने काम गरेको ।
६. निर्वाचन दौरान मतदाता तथा अन्य सहयोगीलाई सयौंको सङ्ख्यामा हवाई टिकट उपलब्ध गराएको ।

Related News