बर्तौलालाई अखिल कार्यवाहक अध्यक्षको जिम्मेवारी

दृष्टि न्यूज

दृष्टि न्यूज
काठमाडौं, १० बैशाख ।
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को उपाध्यक्ष महेश बर्तौला कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको छ । अध्यक्ष नविना लामा प्रतिनिधिसभाको सांसद बनेपछि अनेरास्ववियुमा कार्यबाहक अध्यक्ष चयन गर्ने विषयले संगठनभित्र प्रवेश पाएको थियो । 
अनेरास्ववियुकी अध्यक्ष लामाले यही बैशाख ९ गते संगठनका उपाध्यक्ष बर्तौलालाई कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हाल्न पत्र दिएकी हुन् । समानुपातिकमा सांसद बनेपछि विद्यार्थी संगठनमा जिम्मेवारी मुक्त हुन चाहेकी लामाले कार्यबाहक अध्यक्ष पद बर्तौलालाई दिएको सो संगठनले जनाएको छ । उनले बर्तौलालाई दिएको पत्रमा व्यक्तिगत र पारिवारिक परिस्थितिको कारणले अध्यक्षको भूमिकाबाट संगठनको नियमित कार्य सम्पादन तथा समग्र कामको अगुवाई गर्न समय अभाव भएकाले संगठनको सम्पूर्ण कामको नेतृत्व गर्न कार्यबाहक अध्यक्षको रुपमा जिम्मेवारी प्रदान गरेको उल्लेख गरिएको जनाइएको छ । 
कार्यबाहक अध्यक्षको जिम्मेवारी पाएपछि बर्तौलाले विद्यार्थी आन्दोलनलाई थप शसक्र बनाउने र वर्तमान वाम गठबन्धनको सरकारलाई सफल पार्न हर तरहले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । केही देउवा सरकारले गरेको इन्धनको मूल्यबृद्धि विरुद्धको आन्दोलनमा प्रहरीको निर्मम दमनको शिकार भएर घाइते भएका बर्तौला अखिलभित्र कुशल नेतृत्व क्षमता प्रदर्शन गर्न सक्ने छविका व्यक्ति हुन् ।

Related News