​आत्मसन्तुष्टिको अनुभूति भएको छ– अन्जु पन्त, गायिका

दृष्टि न्यूज

नेपाली सांगीतिक क्षेत्रमा शिखर चुमेकी गायिका हुन् अन्जु पन्त । दुई दशक लामो सांगीतिक यात्रा तय गरिसकेकी अन्जु अझै राम्रो गर्न मेहनत गरिरहेको धारणा राख्छिन् । सदावहार गायिकाको छवी बनाएकी अन्जुले लगभग एक हजार तीन सय जति गीतमा स्वर भरिसकेकी छिन् । अझै आफूलाई निखार्ने प्रयास गरिरहेकी पन्तलाई विवादमा आएर चर्चा कमाउनुभन्दा आफ्नो कला र गलाले चिनियोस् भन्ने आदर्शबाट अघि बढिरहेको बताउँछिन् । उनै गायिका पन्तसँग रेजिना पाण्डेले गरेको कुराकानी :  
सांगीतिक यात्रा कसरी अघि बढिरहेको छ ?
म व्यस्त छु । गीत रेकर्ड गराउने, लाइभ प्रोग्रामहरुमा गीत गाइरहेकी छु । विषेशगरी नेपाल बाहिरको लाइभ कार्यक्रमहरुमा अलि बढी नै व्यस्त छु । विदेशमा नेपाली सांगीतिक क्षेत्रको मोह देखेर मन नै आनन्दित हुन्छ । 
कत्तिको सफलता पाएजस्तो लाग्छ ? 
यतिखेर सफलता भन्दा पनि आत्मसन्तुष्टि भएको अनुभुति भइरहेको छ । सफल हुन अझै काम गर्न बाँकी नै छ । 
सांगीतिक यात्रा सुरु गर्दाको दःुख र यतिखेरको सन्तुष्टिलाई कसरी हेर्नुहुन्छ ? 
आनन्द । सुरुमा यात्रा गर्दा बाटो चिनेको थिइनँ । अहिले बाटो पहिल्याउन सक्ने भएको छु र यात्रा गर्न सहज भएको छ  ।  
जीवनमा धैरै उतार–चढाव आए । तर, पनि सांगीतिक जीवनलाई निरन्तरता दिइराख्नु भयो नि ?
हो, धैरै संघर्ष गर्नुप¥यो । घरकै समस्याहरु पनि कम थिएनन् । धैरै पिरोलिएँ धैरैले मेरो कामलाई रोक्ने प्रयास गरे । मैले कहिल्यै हिम्मत हारिनँ । आफ्नो कामलाई कर्म थलो बनाउँदै लागिरहे । लगभग  २३–२४ बर्षदेखि निरन्तर संघर्ष गरिहेकै छु । 
यो क्षेत्रमा लागेर पछुतो त लागेको छैन नि ?
मैले कहिल्यै पनि अरु पेशा नै रोजिन । मेरो जीवनको उद्देश्य नै राम्रो गायिका बन्ने थियो । यसैमा संघर्ष गरेर लागे, यहाँसम्म आइपुगेको छु । मलाई लाग्छ म गाउनकै लागि जन्मिएकी हुँ । 
पहिलो पटक कुन गीत गाउनुभयो, याद छ ?
याद छ नि किन नहुनु ! एउटा भजन थियो– मनमा मनवा मन नै योगी भन्ने त्यसपछि मैले कम्पन एल्वम् निकालेको थिएँ ।
पुराना स्रष्टाका सदावहार गीतहरुलाई रिमिक्स गर्नुहुन्छ कि हुँदैन ? तपाईको धारणा के छ ?
रिमिक्स गर्नै हुन्न भन्ने छैन । त्यो त गीत हेरेर हुन्छ कसैलाई मन पर्दैन । आफ्नो गीतहरु अरुले गाएको तर कसैले ‘ल गाँउ भनेर दिनुहुन्छ’ भने नयाँ ढंग र शैलीमा गाउँदा राम्रो नै हुन्छ जस्तो लाग्छ ।
गायन क्षेत्रमा अन्य महिलाहरु धैरै नै हुनुहुन्छ । उहाँलाई तपाई के भन्नुहुन्छ ? 
सिकेर आउनुुस् काम गर्ने उत्साह लिनुस् । ठेस खाँदा पनि दुख्यो भनेर नसुर्ताउनुस् । खुटा तान्नेहरु धैरै हुन्छन् कसैको मललव नगर्नुस् । 
गीत संगीत के रहेछ जस्तो लाग्छ ?
मेरो विचारमा गीत संगीत भनेको जीवनलाई आनन्द दिने साधन हो । 
आम जीवन र एउटा सेलिबे्रटीको जीवनमा के फरक भेट्टाउनुभएको छ ? 
धैरै फरक छ । आम जीवनमा धैरै बेदना संघर्ष छ । तर, सेलिब्रेटीमा आकर्षण छ ।
सेलिबे्रटी भएर हिड्न गाह्रो छ पनि भनिन्छ नि ?
धेरै नै गाह्रो छ । स–सानो कुुरामा पनि बिचार गनुपर्छ । कसैसगँ गफ गर्दा, खादा  बस्दा पनि नकारात्मक सोचले हेर्ने गरिन्छ । तर आम सामान्य जीवनमा यस्तो कम नै पाईन्छ । 
सेलिबे्रटीहरुको घरजम प्रायः धैरै तोडिएको किन जस्तो लाग्छ ? 
विचार र नकारात्मक सोचाईको कारण यस्तो भएको हो । 
तपाईको गुरु को हो ? भन्न मिल्छ ?
कृष्णमान डगोल मेरो संगीतका गुरु हुनुहुन्छ । उहाँसँगै मैले संगीत सम्बन्धी ज्ञान लिएको हु । हात समाएर डोराउने मेरो फुपु जानकी केसी, मेरी आमालाई पनि गुरुनै मानेकी छु ।
यहाँसम्म आउनुको पे्ररणा र सफलतको श्रेय कसलाई दिनुहुन्छ ?
मेरा सम्पूर्ण दर्शक, स्रोता, जसले मेरो गीत सुनेर साथ र हौसला दिने मेरो सांगितिक क्षेत्रका स्रष्टाहरु मेरो लागि भनेर गीतहरु रचिदिने, राम्रो संगीत भरिदिने उहाँहरु नै मेरो सफलता हकदार हुनुहुन्छ । 
छोरीलाई के बनाउन चाहनुहुन्छ ?
उसको इच्छा मेरो करले हँुदैन होला । उसले जे काम गरेपनि देश र राष्ट्रको लागि पहिचान दिलाउने काम गरोस् भन्ने मेरो कामना छ ।

Related News