एमाले अखिलमा विवाद, महासचिव महरले बोलाए विशेष भेला

काठमाडौं, २५ साउन । एमाले निकट अनेरास्ववियुमा संस्थापन पक्ष निकट नेताहरुबीच नै विवाद चर्किएको छ । विभागको कार्यविभाजनदेखि नै अध्यक्ष नवीना लामासँग असन्तुष्ट रहेका महसचिव ऐन महरले आगामी भदौ ४ गते त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा केन्द्रीय कमिटीको विशेष भेला बोलाएका छन् । संगठनमा निर्णय नगरी उनले भेला बोलाएको अध्यक्ष लामाले दृष्टिलाई बताइन् । उनले भनिन्, मलाई भेला बोलएको बारेमा केही थाहा छैन । जसले फेसबुकमा भेलाको सूचना राखेको उसैलाई सोध्नुस् ।संगठनमा निर्णय नगरी यस्तो कार्यक्रम गर्नु गलत हो । अखिलका साथीहरुलाई म यस्तो भ्रममा नपर्न आग्रह गर्दछु ।  
 अखिल मध्यपश्चिमान्चल विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युयिनयको भदौ ८ गते हुन लागेको चुनावमा केन्द्रित छ । सोमबार मात्र म मध्यपश्चिमान्चल विश्वविद्यालय  स्ववियु चुनावको प्रचारका लागि सुर्खेतमा आयोजित कार्यक्रममा भाग लिएर आएको छु ।
अखिलका सचिव सुदेश पराजुलीले संगठनमा निर्णय नगरी भेला आयोजना गर्नेमाथि कारबाहीको माग गरेका छन् । उनले दृष्टि अनलाइनसँग भने, संगठनले निर्णय नगरी भेला आयोजना गर्नु अनुशासनहीनताको पराकाष्टा हो, कारबाही हुनुपर्छ । 

Related News