​अनेरास्ववियुका नेतालाई कुट्ने प्रहरीहरु कारबाहीमा पर्ने

काठमाडौं, २६ पुस। 
अनेरास्ववियुका नेताहरुमाथि कुटपिट गर्ने प्रहरीमाथि मानव अधिकार आयोगले छानबिन थालेको छ। आफुहरुको आन्दोलनमा दमन गरेको भन्दै एमालेको बिद्यार्थी संगठन अनेरास्ववियुले दुई डिएसपीसहितका प्रहरीविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको  थिए। सोही आधारमा आयोगले छानबिन थालेको हो। 

 शान्तिपूर्ण आन्दोलनमा दमन गरेकाले उनीहरुमाथि कारबाहीको माग गर्दै अनेरास्ववियुले मंगलबार आयोगमा उजुरी दिएको  थियो। महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी तिलक भारती, कमलपोखेरी वृत्तका डिएपी कुलदीप चन्द, महानगरीय प्रहरी वृत्त दरबारमार्गका इन्सपेक्टर निशान थापा लगायतका प्रहरीले दमन गरेको उनीहरुमाथि कारबाहीको माग गरी उजुरी दिइएको छ। 

गत पुस १८ गते अनेरास्ववियूले रत्नपार्क छेउमा गरेको आन्दोलनमा प्रहरीको कुटपिटबाट अनेरास्ववियुका नेताहरु घाइते भएका थिए। उपाध्यक्ष महेश बर्ताैलाको टाउकोमा चोट लागेको थियो। महासचिव ऐन महर तथा शेखर बोहोरा लगायत घाइते भएका थिए। 

पेट्रोलियन पदार्थको मूल्यबृद्धिको विरोधमा भएको आन्दोलनमा प्रहरीसँग झगड भएको थियो। शान्तिपूर्ण आन्दोलनमा दमन भएकाले प्रहरीलाई कारबाहीको माग राखी आयोगमा उजुरी दिइएको अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले बताइन्। आयोगका कार्यवहाक अध्यक्ष प्रकाश वस्तीलाई उनीहरुले उजुरी बुझाएका छन्। वस्तीले घटनाको आफुहरुले छानबिन गर्ने बताएका छन्। 
आयोगसँगै अदालतमा पनि मुद्दा दायरको तयारी भइरहेको अनेरास्ववियुका  सचिव आरसी लामिछानेले बताए। 

Related News