आयोगमा अध्यक्ष बन्न उर्जासचिवद्वारा राजिनामा

दृष्टि न्यूज

काठमाडौं, २० मंसिर । 
उर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले राजिनामा दिएका छन् । फागुनमा अनिवार्य अवकाश पाउन लागेका उपाध्यायले अन्यत्र नियुक्तिका लागि राजिनामा दिएका हुन् । 

 गठन प्रक्रियामा रहेको विद्युत नियमन आयोगको अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न सचिव पदबाट राजीनामा दिएको स्रोत बताउँछ । सो पदमा आवेदन गर्र्ने बिहीबार अन्तिम दिन हो । सोहीकारण उनले बुधबार नै राजिनामा दिएका हुन् । उनले फागुनमा अनिवार्य अवकाश पाउँदै थिए । 
आयोग गठनका लागि ऊर्जा मन्त्रालयका अर्का सचिव सञ्जय शर्माको नेतृत्वमा समिति बनाइएको छ । समितिले कात्तिक ३० गते २१ दिनको समय सीमा राखेर आयोगमा अध्यक्षसहित ४ जना पदाधिकारीका लागि दरखास्त आह्वान गरेको छ । अध्यक्ष पदका लागि सबैतिर सेटिङ मिलाएर सचिव उपाध्यायले राजिनामा दिएको स्रोत बताउँछ । 

Related News