​तस्करी आरोपमा डिएसपीलाई निलम्बनको सिफारिस

दृष्टि न्यूज

 काठमाडौैं, ३० जेठ। 
कठ तस्करीमा संलग्न सशस्त्र प्रहरी बलमा डिएसपीसहित चार प्रहरी निलम्बनमा पर्ने भएका छन्।   सशस्त्र प्रहरी बल नेपाल अरुण गुल्म चैनपुर संखुवासभाका सशस्त्र प्रहरी नायव उपरीक्षक रामप्रसाद भण्डारी लगायत प्रहरीलाई निलम्बन प्रक्रिया अघि बढाइएको छ। 

  प्रहरी जवानहरु विनोद कट्टेल र मिलन कुमार राई तथा सो गाडीका चालक सशस्त्र प्रहरी जवान दिपेन्द्र कुमार कर्माकारलाई समेत निलम्वन गरी कारवाही गर्ने प्रक्रिया सुरु भएको छ ।

उनीहरुले यही जेठ २१ गते सो गुल्मको बा. १ ग १६६९ नम्बरको ट्रकमा अवैध रुपमा काठ राखेर धरानतर्फ लैजान लागेको अवस्थामा धनकुटा जिल्लाको मूलघाट भन्ने ठाउँमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश मूलघाट धनकुटाको एपीएफ टोलीले नियन्त्रणमा लिएको थियो । घटनाको अनुसन्धानका लागि डिआइजी सुरज श्रेष्ठको अध्यक्षतामा छानबिन समिति गठन भएको छ। 

Related News