दुर्गा बाबु पाठक स्मृती संगित पुरस्कार रोकायालाई

काठमाडौं, २८ साउन 
दुर्घटनामा मृत्यु भएका सशस्त्र प्रहरी निरीक्षक  दुर्गाबाबु पाठकको स्मृतीमा स्थापित ‘दुर्गाबाबु पाठक स्मृती संगित पुरस्कार’ नेपाल एपीएफ स्कूलमा कक्षा ५ मा अध्ययनरत छात्र आशिष रोकायालाई प्रदान गरिएको छ ।
स्व. पाठकको स्मृतीमा उनका व्याचका सहकर्मीद्वारा स्थापित एक लाख ५० हजार  रुपैयाँको स्थापना गरिएको अक्षयकोषबाट प्रत्येक वर्ष सशस्त्र प्रहरी परिवार महिला संघको वार्षिकोत्सवको अवसर पारेर नेपाल एपीएफ स्कूलमा संगिततर्फ प्रथम हुने एक जना छात्र तथा छात्रालाई सो पुरस्कार प्रदान गर्दै आएको सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र थापाले जानकारी दिए । यहि असार २८ गते बुधबार सशस्त्र प्रहरी बल, नेपाल मुख्यालय हलचोकमा आयोजित सो संघको वार्षिकोत्सवमा एक समारोहका वीच  रोकायालाई सो पुरस्कार प्रदान गरिएको हो । 
सशस्त्र प्रहरी बल सि.सं. ७ का सशस्त्र प्रहरी निरीक्षकहरुद्वारा आफ्ना सहकर्मीको सम्झनामा सो संगित अक्षयकोष स्थापना गरिएको हो । सानै देखि गीत संगितमा रुचि राख्ने बहु प्रतिभाका धनि सशस्त्र प्रहरी निरीक्षक स्व. दुर्गाबाबु पाठकले पंक्षि र निन्द्रा लाग्दैन गरी २ वटा एल्वम् बजारमा ल्याई सकेका थिए । गीत रचना गर्ने, आफै संगित भर्ने र आफै गाउँने समेत क्षमता राख्ने स्व. पाठकको संगितिक प्रतिभालाई अमर राख्नको लागि सो अक्षयकोषको स्थपाना गरिएको सशस्त्र प्रहरी निरीक्षक   थापाले जानकारी दिए। स्व. पाठकको कर्तव्य पालनाको शिलशिलामा २०७२ चैत्र २७ गते धादिङ्को मलेखुमा सडक दुर्गघटना परी निधन भएको थियो । 
यसकासाथै सो संघले पुरस्कार स्थापना गर्न सहयोग गरे वापत सो सि. सं.लाई प्रसंसा पत्र तथा मायाको चिनो प्रदान गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले उक्त सि.सं.को तर्फबाट सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र थापालाई प्रसंसापत्र तथा मायाको चिनो प्रदान  गरेका थिए ।  । 

Related News