अरब भ्रष्टाचार गर्नेलाई १० लाख बिगो ?

काठमाडौं, ४ पुस । बैदेशिक रोजगार विभागको महानिर्देशककै हैसियतमा पक्राउ परेका विश्वराज पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा १० लाख रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । 
दुई सय म्यानपावर दर्ता, अनुगमनदेखि श्रम स्वीकृति र महिला कामदार खाडी राष्ट्रमा बेचबिखन गरी एक बर्षको बीचमा अरबौं रुपैयाँ घुस खाएर सबै सम्पत्ति हुन्डीमार्फत् अष्ट्रेलिया पु¥याइसकेका पाण्डेलाई अख्तियारले जम्मा १० लाख बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको छ । उनले २ सय म्यानपावर दर्तामा प्रतिम्यानपावर २० लाखका दरले घुस खाएको आरोप छ । त्यसैगरी अनुगमनका नाममा ७ सय म्यानपावरबाट एउटाबराबर ३ लाखका दरले घुस खाएको आरोप लाग्ने गरेको छ ।
 एक बर्षको बीचमा पाण्डेले म्यानपावरहरुको दुई पटक अनुगमन गरी घुस संकलन गरेका थिए । उनलाई अकूत सम्पत्ति आर्जनमा पनि मुद्दा चलाउनुपर्नेमा शाखा अधिकृत कृतिबल्लभ पौडेल र नायबसुब्बा खड्गबहादुर केसीले लिएको घुसकै रकम बराबर बिगो दाबी गरी मुद्दा चलाइएको छ ।
 

Related News