अरनिको राजमार्गका रेस्टुराँमा ‘यौनधन्दा’

६ सञ्चालकसहित १० पक्राउ  
भक्तपुर, ९ पुस । महानगरीय प्रहरी वृत्त जगातीले यौनधन्दा गरेको आरोपमा विभिन्न रेस्टुराँ एवम् गेस्ट हाउसमा छापा मारी १० जनालाई  पक्राउ गरेको छ । 

अरनिको राजमार्ग खण्डअन्तर्गत सडकको दायाँबायाँ सञ्चालित रेस्टुराँ, गेस्ट हाउस र क्याफेमा व्यापक रुपमा यौनधन्दा हुने गरेको गुनासो बढेपछि प्रहरीले शुक्रबार साँझ पाँच रेस्टुराँ तथा गेस्ट हाउसमा साँझ छापा मारेको थियो । जगातीका ट्रपिकल प्याराडाइज रेस्टुराँ र गार्डेन होम रेस्टुराँमा महिलालाई यौनधन्दामा लगाएको आरोपमा रेस्टुराँ सञ्चालकसहित ६ पुरुष र चार महिलालाई पक्राउ गरिएको प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए । रासस 

Sketch from Google search

Related News