​देउवासँग आरजुको अनौठो माग

काठमाडौं, ३० असार 
कहिले प्रश्न सोध्ने जनतालाई तपाई बढ्दा बोल्दै हुनुहुन्छ भनेर हकार्ने त कहिले भाषण भनेर ज्ञापनपत्र पढ्दा प्रधानमन्त्री शेर बहादुर देउवा विवादमा तानिए । बोल्न नजान्दा उनी हाँसोका पात्र बने । 
उनकी पत्नी तथा कांग्रेस सांसद आरजु देउवा पनि अहिले बोल्न नजाद्या हाँसोकी पात्र बनेकी छिन् ।
बिहिबार संसदमा बोल्दै उनले सर्पले टोकेर हत्या गरेको भन्दै हत्रालाई कारबाहीको माग गरिन् । महिनावारी हुँदा दैलखमा केही दिन अघि तुलसा शाहीको सर्पले टोकेर मृत्यु भएको थियो । त्यही विषयमा बोल्ने क्रममा उनले भनिन्– ‘दैलेखमा सर्पको टोकाईबाट हत्या भएको सुन्न आएको छ, र यो हत्याराहरुलाई उपयुक्त सजायका लागि अनुरोध गर्न चाहन्छु, सरकारको ध्यान आकर्षित होस् भन्ने भन्न चाहन्छु ।’ 
टिपोट हेरेरै आरजुले उक्त कुरा पढेकी थिइन् । तर, पनि त्यती कुरा समेत राम्रोसँग भन्न नसक्दा उनी हाँसोको पात्र बनेकी हुन् । प्रधानमन्त्रीपत्नी रहेकी आरजुले संसदमा आएर सरकारसँग उक्त माग गर्नु पनि अनौठो थियो । यदी उनले साँच्चिकै कारबाही गर्न चाहेको भए सिधैं प्रधामन्त्रीलाई भनेर कारबाही गराउन सक्थिन् । तर, संसदमा आएर बोल्दा उनी हाँसोकी पात्र बनेकी हुन् । 

Related News