​चेलाको पेन्टिङमा अर्जुन

काठमाडौं, १५ साउन । ललितकला क्याम्पसको आयोजनामा राजधानीमा भइरहेको ‘जर्नी भोटाहिटी टु कीर्तिपुर’ शीर्षकको कला प्रदर्शनीमा ३६ कलाकारको कलाकृति समेटिएका छन् । 
प्रदर्शनीमा आकाश बुढा मगर, विगुल ढकाल, पल साउद, अनोज सुवेदी, स्पन्दना थापा, निरोज बाँडे, प्रवीण श्रेष्ठलगायत तीन दर्जन कलाकारको कलाकृति छ्न । चित्रकलाका साथ सुमन गिरी र करण तुलाधरका पृण्ट कलाका साथै मूर्तिकार दिनेश्वर महतोका मूर्तिकलासमेत हेर्न सकिन्छ । 
स्वर्गीय अर्जुन खालिङलाई पेन्टिङमा उतारेका कलाकार विगुल ढकाल नवकलाकारका लागि यो प्रदर्शनी कलाकारितामा महत्वपूर्ण खुड्किलो भएको बताए । आफ्नै गुरुलाई पेन्टिङमा उतारेका ढकालले पेन्टिङसँग आफ्नो फिलिङ्स जोडिएको सुनाए । 
मूर्तिकार दिनेश्वर महतो पनि आफ्नो कलालाई फिलिङ्सको अभिव्यक्ति भन्न रुचाउँछन् । अमूर्त स्कप्चरसहित प्रदर्शनीमा सहभागिता जनाएका महतोले राम्रो प्रतिक्रिया पाइरहेको सुनाए । प्रदर्शनी बुधबारसम्म चल्ने आयोजकले जनाएको छ । 

Related News