​पेस्तोलसहित इटहरीमा दुई ‘गुन्डा’ समातिए

दृष्टि न्यूज

इटहरी, ५ फागुन। 
दुई युवक इटहरी बजारमा पेस्तोलसहित पक्राउ परेका छन्। 

इलाका प्रहरी कार्यालय इटहरीले रोहन बस्नेत र यम बहादुर लिम्बुलाई पक्राउ गरेको हो। उनीहरुबाट मेड इन अमेरिका लेखिएको अटोमेटिक पेस्तोल र त्यसको एक राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ। 

शनिबार दिउँसो उनीहरुलाई पक्राउ गरिएको र उनीको पृष्ठभुमीबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नारायण चिमोरियाले बताए।  उनीहरु हातहितयार बोकेर गुन्डागर्दीमा संलग्न रहदै आएको प्रहरीले जनाएको छ।

Related News