विमानस्थलमा ५ किलो चरेशसहित युवक पक्राउ

 
काठमाडौं, ३० असार 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धादिङ दार्खा–१ का ३० वर्षीय कुमारसिंह तामाङलाई करीब ५ केजी लागूऔषध चरेस सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । नेपाल एयरलाईन्सको उडानद्वारा बैंकक जान लागेका तामाङलाई जाँच गर्ने क्रममा साथमा रहेको झोलामा फल्स बटम बनाई लुकाई छिपाई लैजान लागेको अवस्थामा उक्त लागूऔषध प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगा चेकपोष्टमा रौतहटको गौरबाट काठमाडौं आउँदै गरेको बा.३ ख ६१४३ नम्बरको बसमा जाँच गर्ने क्रममा रौतहट गौर–३ का २५ वर्षीय अमित कुमारलाई झोलामा लुकाई छिपाई ल्याएको लागूऔषध नुरफिन ३ सय १२ एम्पुल, फेनारागन ३ सय २५ एम्पुल, डाइजेपाम ३ सय २५ एम्पुल सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
 

Related News