​को को कलाकार कांग्रेसमा लागे ?


काठमाडौं, ६ पुस । 
  चलचित्रकर्मी र गायक गायिकासहित १० जना कलाकार बुधबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 
कांग्रेस सभापति शेरबहादुर देउवा निवास पुगेर निर्देशक रमेश बुढाथोकी सहितका कलाकार कांग्रेसमा प्रवेश गरेका हुन् । बुढाथोकी सहित अभिनेत्री रिस्ता बस्नेत, गायक युवराज चौंलागाइँ, नम्रता योगी, रामकेशर बोगटी, पूर्णम राई, विपना बस्नेत, प्रतिक्षा खड्का, रञ्जु सुनाम र पुस्कर लामालाई सभापति देउवाले खादा तथा अबिर लगाएर पार्टी प्रवेश गराएका हुन् ।  नायिका सरिता लामिछाने पनि कांग्रेस प्रबेशको चर्चा थियो । तर, उनले भने अन्तिम समयमा कांग्रेस प्रबेश रद्द गरेकी छिन् । केही समय अगाडि मात्र नायिका रेखा थापा राप्रपा नेपाल प्रबेश गरेकी थिइन् । 

Related News