​एकेडेमीभित्रै असइको रहस्यमय मृत्यु

दृष्टि न्यूज

काठमाडौं, ६ असार। 
तालिमकै क्रममा नेपाल प्रहरीका सहायक निरीक्षक(असइ)को  रहस्यमय मृत्यु भएको छ। जुनियर प्रहरी एकेडेमी भरतपुरमा उनको निरज राईको मृत्यु भएको हो। 
मृतकका परिवारले घटना शंकास्पद भएको भन्दै छानबिनको माग गरेका हुन्। प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानका एसपी मधुसुदन लुइटेलको संयोजकत्वमा छानबिन समिति गठन भएको हो। समितिले भरतपुर पुगेर घटनाको स्थलगत छानबिन गरिरहेको छ। 
दौडने क्रममा लडेर राई गम्भीर घाइते भएका थिए। उपचारको क्रममा ग्रान्डि अस्पतालमा उनको मृत्यु भएको हो। राईका परिवारले उनको हत्या भएको आशंका गरेका छन्। 

Related News