​एसिया कप छनोटमा नेपालको दोस्रो जित, छनोटको सम्भावना कति ?

दृष्टि न्यूज

काठमाडौँ, १७ भदौ। 
एसिया कप छनोटअन्तर्गत चौथो खेलमा नेपालले सिंगापुरलाई ४ विकेटले पराजित गरेको छ। दोस्रो जितसँगै नेपालले नेट रनरेटमा पनि सुधार गरेको छ तर फाइनलमा पुग्न अरुकै खेलमा निर्भर हुनुपर्ने छ। 
 आइतबारको खेलमा सिंगापुरले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य नेपालले २९ औं ओभरमा ६ विकेट गुमाउँदै प्राप्त गरेको हो। जितसँगै नेपाल चौथो स्थानमा छ। नेपालले सुरुवाती दुई खेलमा ओमान र यूएईसँग पराजित भएको थियो। अब अन्तिम खेल हङकङविरुद्ध हुने छ। 
आइतबारको् जितमा  नेपालका लागि अनिल शाहले ४३ तथा दीपेन्द्रसिंह ऐरीले ३३ रनको योगदान दिए। ६ देशमध्ये नेपाल दोस्रो हुन सकेमा फाइनल खेल्न पाउँछ। फाइनलमा तिजेमा एसिया कप खेल्न सक्ने सम्भावना छ। 
 ६ देशमध्ये ओमान फाइनलमा पुगिसकेको छ। अब नेपालले हङकङलाई भारती अन्तरले हराएरको खण्डमा र यूएई समेत अन्तिम खेलमा पराजित भएमा नेपालको छनोट सम्भावना कायम रहनेछ। 

यस्तो छ टेबल 

Related News