मेरो डिभोर्स नहोस् भन्ने चाहन्छु- अशिष्मा नकर्मी, नायिका

दृष्टि न्यूज

दुई दर्जन भन्दा धेरै चलचित्र तथा थुप्रै म्युजिक भिडियोमा अभियन गरेकी अशिष्मा नकर्मी हाल विवाहका कारण चर्चामा छिन् । उनी अशिष्मासँग रेजिना पाण्डेको जम्काभेट : 
कस्तो लागिरहेको छ बैवाहिक जीवन ?
रमाइलो छ । नयाँ घरपरिवार भटेको छु । खुशी छु । 
विवाहपछि जीवनमा के के कुरा परिवर्तनको अनुभव भयो ? 
धैरै नै ।  माइती छोडेर नयाँ घरमा आउँदा परिवर्तन त भइनैहाल्छ । रीतिरिवाज, परम्परा, आदर सस्ंकारमा भिज्दै छु । अलिअलि कतै केही गल्ती हुन्छ कि भन्न सोच आउँदो रहेछ । 
विवाहपछि बन्धनमा परे जस्तो त लागेको छैन ? 
छैन । यो त परम्परा नै हो ।  छोरी भएपछि अरुको घर जानै पर्छ र घरजम गर्नेपर्छ । सबैले गरेकै छन् त्यो त मलाई पनि लागू भइहाल्छ । 
आफनो जन्मघरलाई कतिको मिस हुँदोरहेछ ? 
धैरै नै । तर पनि फोनमार्फत् ममी बाबासँग कुराकानी भई नै रहन्छ । 
हनिमुनको योजना बनाउनु भएको छैन ? 
हनिमुनको योजना बनिसकेको छैन । 
तपाईलाई नबिन प्रधानजीको के कुराले आकर्षण ग¥यो ?  
पढेलेखेको शिक्षित हुनुहुन्छ । मलाई बुझ्ने र सरल शान्त स्वभावको भएरै मन परेको हो । 
विवाहपछि फिल्म नखेल्ने भन्नुभएको हो ?  
अव घरपरिवार सम्हाल्ने नै मेरो योजना छ । अब पहिलो प्राथमिकता घर परिवारलाई दिन्छु । कलाकारहरुको सम्बन्ध बिच्छेदको जुन ट्रेन्ड, छ त्यो मेरोमा नहोस् भन्ने मेरो चाहना छ ।  सानो कुराले ठूलो बिषय बनाएर म चासोको पात्र बन्न चाहन्न । 
किन बिहेपछि महिलालाई समस्या छ यो क्षेत्रमा ? 
ग्लामरस क्षेत्र, कुरा अनेक हुने भएकोले । कुरा नबुझ्दा समस्या आउन सक्छ । 
परिवारले सिनेमामा काम गर्न रोक लगाउनु भएको त होइन ? 
होइन, यो मेरो आफ्नै निर्णय हो ।     
अब के गर्नु हुन्छ ?
योजना बनाउँदै छु । पहिला त  आफ्नै होम प्रडक्सको नेवारी चलचित्र लाख्रे बाजुलाई पूरा गर्छु ।  
बिहे अघि कत्तिको प्रेम प्रस्ताव आए ? 
मलाई कहिल्यै पनि प्रेम प्रस्ताव आएन । मेरो साथीहरुलाई स्कुलमा कलेजमा हुदाँ धैरै आउदथो । सायद म कहिल्यै पनि अरुको नजरमा परिनँ । 

Related News