ब्याइफ्रेन्डको कुरा नखोलौं- अस्मिता सुनार, रेस्लर/मोडल

२३ वर्षिया अस्मिता सुनारको परिचय दुई वटा छन् र रेल्लर अनि मोडल । विगत ४ वर्षदेखि विभिन्न रेस्लिङ प्रतियोगिताहरुमा भाग लिदै आएकी उनी मोडलिङमा पनि सफल हुँदै गएकी छिन् । उनै अस्मितासँग रेजिना पाण्डेको जम्काभेट : 
कत्तिको व्यस्त हुनुहुन्छ ? 
ठिकै ।  खाली बस्नु परेको छैन ।  रेस्लिङ र मोडलिङ दुबैमा निरन्तरता दिइरहेको छु ।
रेस्लिङ रमाइलो कि मोडलिङ ? 
रेस्लिङ खेल्दा मनमा जोश जाँगर र स्फूर्ति आउँछ ।  जित्नै पर्छ भने सोच आउँछ  मलाई । भिडियोचाहिँ  रमाइलो र आफूलाई प्रफुल्ल पार्नको लागि खेल्छु । 
रेस्लिङमा आफ्नो भविष्य देख्नुभएको छ ?
छ । म यस खेलबाट नै आफ्नो  पहिचान बनाउने उद्देश्य लिएको छु । तर यसको लागि धैरै मेहेनत गर्नुपर्छ ।  मेहेनत गर्न म तयार छु ।  
खेलाडी मान्छे ग्लामरको दुनियाँमा चाहिँ कसरी लाग्नुभयो नि ? 
साथीभाइको सहयोग सल्लाह र आफन्तहरु उसाहले नै लागेको हँु ।  एउटा म्युजिक भिडियो गरियो सबैले काम मनपराउनु भयो निरन्तर काम पाइरहेको छु । चलचित्र भुलभुलैयामा पनि काम गरे, प्रशंसकहरु  पनि बटुलेको छु ।
रेस्लिङ सजिलो कि मोडलिङ ? 
मेरो लागि दुइवटै चुनौतीपूर्ण छ । दुवैमा मेहेनत चाहिन्छ । दुवै बिधामा प्रशंसकहरु बटुलेको छु । 
रेस्लिङमा भावी योजना के छन् ? 
अन्तर्राष्ट्रिय स्तरका खेलहरु खेल्ने रहर छ । 
रेस्लिङ र मोडलिङ दुवैमा परिवारको कत्तिको सहयोग छ ? 
सबैभन्दा पहिले म यही काम गछु भनेर लागेको  हुँ ।  परिवारको सपोर्ट पनि पाएको छु । मलाई आफ्नो इच्छामा कसैले रोक्न सक्दैन । आफ्नो लक्ष्य पूरा गरेरै छाड्छु ।  
कत्तिको समस्या झेल्नुपरेको छ ? 
समस्या त भइनै हाल्छ । तर, आत्मविश्वास बलियो बनाएको छु ।  सफल भएर देखाउँछु भन्ने लक्ष्य पनि राखेको छु । अनि आफैँ बाटो खुल्छ ।
रेस्लरसँग साथीहरु कत्तिको डराउँछन् ? 
यसलाई धैरै रिस नउठा भनेर कतिपय साथीहरु डराउँछन् ।  म अलि रिसाहा नै पनि छु ।
कसैलाई कुट्नुभएको पनि छ ? 
त्यो नभनौं 
ब्वाइफ्रेण्ड छ कि छैन ?
त्यो पनि अहिले नखोलौं । 
 
 

Related News