अहिलेसम्म आँट गर्न सकेका छैनन्- आशा खडका, कलाकार

दृष्टि न्यूज

आठ बर्ष अगाडि नचाहँदा नचाहँदै कान्तिपुर टेलिभिजनको हाँस्य श्रृङखला ‘हर्के हवल्दार’मा बाटुलीको भूमिकामा उत्रिएकी थिइन् कलाकार   आशा खडका । हालसम्म दजनौ म्युजिक भिडियो र बिज्ञापनहरुमा समेत काम गरिसकेकी आशा यतिखेर ‘रिसानी माफहोस्’ भन्ने टेलिसिरियलमा व्यस्त छिन् ।  उनै आशासँग रेजिना पाण्डेको जम्काभेट :  
कला क्षेत्रमा कसरी प्रवेश भयो ?
आठ वर्ष अगाडि म र मेरो दिदी नयाँबजारस्थित सुटिङस्थलमा पुगेका थियौ । त्यहाँ  टिभीबाट प्रशारण हुने ‘रातो पिरो’ भन्ने टेलिसिरियलको सुटिङ भइरहेको थियो । त्यही सुटिड हेरेर यो क्षेत्रमा आकर्षित भएँ । 
पछि अभिनय सिक्नुभएन ? 
सिकिएन । तर, म अरुको नक्कल गर्न माहिर थिए । त्यसकारण मलाई अभिनय गर्न गाह्रो भएन । 
कलाकारिता के हो जस्तो लाग्छ ? 
कलाकारिता एउटा साँचो र  सत्य जीवन भोगाइलाई चित्रण गरेर पर्दामा उतार्ने कला रहेछ ।  रुने, हसाँउने, मिलाउने यो समाजकै एउटा चित्रण नै कलाकारिता हो ।
आशा खडका भनेर भन्दा पनि तपाईलाई  हर्के हवलदारकी बाटुली भनेर धेरैले चिन्छन् नि ?
हो, बाटुली नामले नै मलाई कला क्षेत्रमा चिनाएको छ । यस क्षेत्रमा प्रायः सबैले मलाई बाटुली नै भने बोलाउनु हुन्छ । 
अभिनय गरेर कमाएको पहिलो कमाई कति यियो, त्यो कमाई के गर्नु भयो ?
पाँच सय पाएको थिएँ ।  त्यसमा थपेर ममीलाई सारी किनिदिएको थिए । 
लामो समय कलाकारितामा लाग्नुभयो, कत्तिको सन्तुष्ट हुनुहन्छ ? 
सफल नै छु जस्तो लाग्छ । जुन दिनदेखि मैले यस क्षेत्रमा हात हाले, त्यही दिनदेखि आजसम्म नाम र दाम कमाएको नै छु । सबैको सामु आशा खड्का भनेर चिनिने मौका पनि पाएको छु । यसमा खुशी छु । 
कलाकार भएर केही गुमाएँ जस्तो लाग्छ ? 
काममा धैरै  व्यस्त भइन्छ । परिवारलाई समय दिन नपाउँदा चाहिँ अलिकति दुःख हुन्छ । त्यही मात्र हो । अरु खासै केही पनि छैन । 
ठूलो पर्दामा  तपाईंलाई आजसम्म पनि देख्न पाइएको छैन नि, अवसर नपाउनुभएको हो ?  
मौकाहरु नआएका त होइनन् ।  मन नपरेर हो । आजसम्म नगरेको नयाँ चलचित्रको लागि अफर छ ।  स्क्रिप मेरो हातमा आएको छ ।  मन प¥यो भने गर्छु भन्ने सोच बनाएको छु ।  
व्याईफ्रेण्ड छ कि छैन नि ? 
छैन ।
मनपराउने नि ? 
होलन् ।  तर,  अगाडि आएर मनपर्छ भनेर भन्ने आँट कसैले गरेका छैनन् । 
यो क्षेत्रमा अधिकाशं नायिकाहरुको वैवाहिक जीवन राम्रो छैन नि किन तपाईको बिचारमा ?
परिवारिक  तालमेल नमिलेर हो जस्तो लाग्छ । बस्नै नसकेपछि सम्बन्ध त तोडनै प¥यो नि । 
 यस्तो अवस्था देख्दा तपाईंलाई पनि बिहे गर्न डर लाग्छ होला होइन ? 
 भाग्यमा के छ हेरौं ।

Related News