​‘अस्तित्व’ गीति एल्बम संग्रह लिएर आइन संगीतकार रेखा पौड्याल

दृष्टि न्यूज

काठमाडौं, २९ माघ । ‘अस्तित्व’ एल्बम लिएर संगीतप्रेमीका चाहना मेटाउन युगल जोडी रेखा र उनका दाजु संजिब पौड्याल गीत–संगीत बजारमा प्रवेश गरेका छन् । रेखा पौड्यालको युगल गायनले भरिएको ‘अस्तित्व’ एल्बम एक भव्य समारोहका बीच वरिष्ठ गीतकार यादव खरेलले विमोचन गरेका छन् । यस एल्बममा युगल जोडी संजिव र रेखा पौड्यालका सुमधुर स्वरवद्ध भएका ६ वटा पप र पप÷आधुनिक गीत समेटिएको उक्त एल्बमलाई बिन्दवासीनी म्युजिकले उत्पादन तथा बजारीकरणको जिम्मा पाएको छ । 
नेपाली सांगीतिक क्षेत्रले बजार हिस्सा बढाउँदै संगीतप्रेमीबिच चर्चित हुँदै  गएकोमा खुसी व्यक्त गर्दै पमुख अतिथि खरेलले नेपालमा पश्चिमी र भारतीय संगीतको एकाधिकारको अनत्य हुन संगीत क्षेत्रका कलाकारहरूले थप सिर्जनशीलता देखाउनुपर्ने समेत टिप्पणी गरेका छन् । चितवनमा आयोजित वि.सं. २०५९ सालको आधुनिक गीत प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेपछि रेखा पौड्यालले सांगीतिक यात्रा सुरुवात भएको हो । उनले सांगीतिक क्षेत्रलाई पछ्याउँदै प्रसिद्ध संगीतकार मास्टर चन्दनकुमार श्रेष्ठको गन्र्धब संगीत विद्यालयबाट ५ वर्ष शास्त्रीय संगीत अध्ययनपछि वि.सं. २०६५ सालमा ‘आकृति’ नामक पहिलो एकल एल्बम म्युजिक नेपालले बजारमा ल्याएको थियो । उनकोे पछिल्लो पटक युगल गीत र स्वरवद्ध गीति एल्बम ‘अस्तित्व’ले संगीतप्रेमी माझ छिटो चर्चामा कमाउने जनाइएको छ । रेखा पौड्यालको अनुपम, अलंकार, अठोट र अविरल लगायतका एल्बमले यसअघि नै बजारमा चर्चा पाइसकेको छन् ।         

Related News