उपप्रधान एवं ​रक्षामन्त्री पोखरेलद्वारा भारतीय पूर्वप्रम वाजपेयीप्रति श्रद्धाञ्जली

दृष्टि न्यूज

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले भारतका पूर्वप्रधानमन्त्री अटलविहारी वाजपेयीको निधनप्रति श्रद्धान्जली व्यक्त गर्नुभएको छ । लैनचौर स्थित दुतावासमा पुगी उहाँले नेपाल सरकारको तर्फबाट स्वर्गीय वाजपेयीको तस्विरमा माल्यार्पण गर्दै श्रद्धान्जली व्यक्त गर्नुभएको हो ।
दुतावासमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेललाई भारतीय राजदूत मन्जिव सिंहले स्वागत गर्नुभएको थियो । निष्ठावान राजनीतिज्ञको परिचय बनाएका ९३ वर्षीय वाजपेयीको बिहीबार निधन हुनुभएको थियो । दुतावासमा राखिएको शोक पुस्तिकामा श्रद्धान्जली व्यक्त गर्दै उपप्रधानमन्त्री पोखरेलले वाजपेयीलाई उच्च व्यक्तित्वका धनी, देशभक्त र सुदुर दृष्ट्रिकोण भएको नेताको रूपमा विश्व जगतले सम्झीरहने उल्लेख गर्नुभएको छ । 
‘विश्वका जनताले उच्च व्यक्तित्वका धनि, वाक क्षमता भएको, देशभक्ति र सुदुर दृष्ट्रिकोण भएका नेताको रुपमा वाचपेयीका योगदानलाई चिरकालसम्म सम्झीरहनेछन् ।’– आजै देखि राखिएको शोक पुस्तीकामा उहाँले लेख्नुभएको छ । उहाँले २००२ मा नेपालमा भएको सार्क सम्मेलनका क्रममा नेपाल–भारतकाविच विकसित भएको द्धिपक्षीय सम्वन्धलाई लामो समयसम्म स्मरणः गरिरहेको उल्लेख गर्नुभएको छ । 
नेपाल सरकार र व्यक्तिगत तर्फबाट स्वर्गीय वाचपेयीप्रति हार्दिक श्रद्धान्जली व्यक्ति गर्दै उहाँले सकारका तर्फबाट शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । साथैं भावविह्वल भएको भारतीय सरकार र त्यहाँ जनतासँग नेपालको पूर्ण साथ रहेको शोक सन्देशमा उल्लेख छ । सरकारले यसअघि परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई उहाँको अन्त्यष्टीमा सहभागी हुन भारत पठाएको थियो । 

Related News