​नेपालमा आजदेखि कार किन्न सहज


काठमाडौं, ३२ साउन 
कार किन्ने योजनामा रहेकाहरुलाई खुशीको खबर छ । बुधबारदेखि बैंकबाट ऋण लिएर कार किन्न सहज भएको छ । 
नेपाल राष्ट्र बैंकले सवारी कर्जाको धितो मूल्यांकनलाई ५० प्रतिशतबाट बढाएर ६५ प्रतिशत पु¥याएको छ ।  जसअनुसार ४÷५ लाख रुपैयाँ भएका र मासिक किस्ता तिर्न सक्नेहरुले कार किन्न सक्ने छन् । 
राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सवारी कर्जालाई केही खुकुलो गर्ने नीति लिएको थियो । सोहीबमोजिम राष्ट्र बैंकले मंगलबार एकीकृत  निर्देशिका जारी गर्दै सवारी कर्जाको धितो मूल्यांकन बढाएको हो । यससँगै अब सर्वसाधारणले ३५ प्रतिशत डाउनपेमेन्टमा निजी सवारी किन्न सक्नेछन् ।  गाडीको लागतको बैंकहरुले  बैंकबाट ६५ प्रतिशत ऋण  दिने छन् । त्यस्तै, व्यक्तिगत विद्युतीय सवारी कर्जाको सीमा बढाएर ८० प्रतिशत पु¥याइएको छ ।   विद्युतीय सवारीसाधन खरिद गर्ने व्यक्तिले २० प्रतिशत मात्रै डाउनपेमेन्ट गरे पुग्छ । 

Related News