​नागरिकबाट उठाएको कर सदुपयोग गर्न चौधरीको माग

दृष्टि न्यूज

काठमाडौं ।
सरकारले नागरिकबाट उठाएको कर सही ठाउँमा सदुपयोग हुनुपर्ने धारणा अर्बपति बिनोद चौधरीले व्यक्त गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले जुन प्रयोजनको लागि कर उठाएको हो, उक्त प्रयोजनमा खर्च नगरेको गुनासो गर्दै जनताले तिरेको कर सदुपयोग गर्न सरकारसँग माग गरेका छन् । 
संसदमा सम्बोधन गर्दै सांसद तथा उद्योगपति चौधरीले भने, ‘कर करदाताले धान्न सक्ने हुनुुपर्ने, एकै प्रकारको आर्थिक गतिविधिमा अलग–अलग तरिकाले लगाउन नमिल्ने र यसरी लगाइएको कर जुन प्रयोजनका लागि विनियोजित भएको हो, सदुपयोग भएको अनुभूति करदतालाई हुनुपर्ने पहिलो शर्त हो ।’
२०६६ सालमा खडा गरिएको सामाजिक सुरक्षा कोषको रकम अहिलेसम्म सदुपयोग नगरिएको चौधरीले उदाहरण प्रस्तुत गरे । उनले कर्मचारीलाई वितरण गर्न राखेको कर समेत वितरण नभएको गुनोसो गरेका छन् । ‘कोषमा सरकार र निजी क्षेत्रका रोजगार र मजदुरको रगत पसिना परेको छ’, चौधरीले भने । उनले कर्मचारीहरुको तलब कट्टा गरेर जम्मा गरिएको रकम उनीहरुको सुविधा, शिक्षा, आवास, उपयुक्त काम गर्ने वातावरणको पूर्वाधारका लागि खर्च गर्नुपर्ने समेत बताए ।

Related News