व्यवसायी शेर्पालाई धम्काएको आरोपमा गुन्डा नाइके ‘बागे’ पक्राउ

दृष्टि न्यूज

 काठमाडौं, २१ भदौ । 
व्यवसायीलाई धम्काएको आरोपमा   ‘बाघे’ उपनामले चिनिने शुकबहादुर लामालाई पक्राउ गरेको छ ।  महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई बिहीबार स्वयम्भुबाट पक्राउ गरेको हो। 
अटो इन्टरप्राइजेजका सञ्चालक टेन्डी शेपालाई धम्काएको आरोपमा उनलाई पक्राउ गरेको काठमाडौं परिसरका प्रमुख एसएसपी बसन्त कुमार लामाले बताए । कार वासिङको पैसा माग्दा उनले धम्काएका थिए । 
उनी विगतमा पनि विभिन्न अपराधमा पक्राउ परी छुटेका थिए । उनीहरुविरुद्ध प्रहरीले सार्वजनिक शान्तिविरुद्धको अपराध मुद्दामा कारबाही अघि बढाएको छ । जसमा एक वर्षसम्म कैद हुने व्यवस्था छ । 
मंगलबार मात्र प्रहरीले गुन्डागर्दीको आरोपमा काभ्रे घर भएका सत्यमान लामालाई पक्राउ गरेको थियो । ज्यान मार्ने धम्कीको उजुरीका आधारमा उनीमाथि प्रहरीले कारबाही अघि बढाएको छ । 

Related News