​बॉच्नुको अर्थ

सबैतिर असन्तुष्टि, अविश्वसनीयता र अस्थिरता छाएको छ । चाहे राजनीतिक दलका नेता हुन् । चाहे सरकारी कर्मचारी । चाहे सर्वसाधारण जनता । कोही पनि सन्तुष्ट देखि‘दैनन् । सबैको एउटै गुनासो छ, नेताहरुले देश डुबाए । नेताहरु देश हॉक्न असक्षम भए । नेताहरुकै कारण देश विखन्डनतर्फ धकेलियो । नेताहरुकै कारण जातीय द्वन्द्वको खतरा बढ्यो । नेताहरुकै कमजोरीका कारण छिमेकीले समेत हेप्न थाल्यो । जनताका यस्तो गुनासोमा भन्नु केही छैन । जनता सार्वभौम हुन् । इतिहासको अजयशक्ति पनि जनता नै हुन् । जनताको स्वार्थ राष्ट्र, राष्ट्रियता र अखण्डता नै हो । देश जोगाउने पनि जनताले नै हुन् । राजनीतिक परिवर्तन गर्ने पनि जनता नै हुन् । यसर्थ जनताको कुरा सुन्नु नेताको धर्म हो । जनताको इच्छाविपरीत जानु नेताले आफ्नो पतन निम्त्याउनु हो । विश्वको इतिहासमा धेरै नेता जन्मिए  तर, सम्झनयोग्य औंलामा गनिने मात्रै भए । त्यसैले जसले देश र जनताको पक्षमा काम गर्छ त्यो मरेर पनि बॉच्छ । जसले देश र जनता विरोधी काम गर्छ, त्यो बॉचेर पनि मरेतुल्य हुन्छ । के अहिले हाम्रा नेताहरु बॉचेर पनि मरेतूल्य भएको उदाहरण हो त ? सडकमा जनताले यस्तो प्रश्न पनि गर्ने गर्छन् ।
खासगरी अहिले सरकारले पॉच नम्बर प्रदेश टुक्र्याउने जुन षड्यन्त्र गरे, त्यसले जनतालाई आन्दोलित बनाइरहेको छ । संविधान कार्यान्वयन गर्ने नाममा भएका यस्ता बितण्डा कुर्ची जोगाउनका लागि मात्रै हो । देशै टुक्रिएपछि कुर्ची जोगाउनुको पनि के अर्थ ? त्यसैले देशमा संकट आएको बेला नेताहरुले पार्टीभन्दा माथि उठेर निर्णय गर्न सकेनन् भने तिनीहरुलाई इतिहासले धिक्कार्ने छ । गणतन्त्रसम्म आइपुग्दा नेपाली जनताको चेतनास्तर कति माथि उठेको छ भन्ने कुरा पॉच महिने नाकाबन्दीप्रति नेपाली जनताले देखाएको राष्ट्रवादी अडान नै हो । नेपाली जनताले राष्ट्र र राष्ट्रियताप्रति देखाएको त्यो अडान कुल्चनु भनेको राष्ट्रघात हो । देश र जनताप्रतिको गद्धारी हो । ०६२÷६३ सालको आन्दोलन गणतन्त्रका लागि भएको हो, न कि संघीयताको लागि । संघीयता भन्ने शब्द त मधेसवादी दललाई सहमतिमा ल्याउन लैनचौरको दबाबमा थपिएको हो । तै पनि नेपाली जनताले संविधान घोषणा भइसकेपछि सात प्रदेश स्वीकारेका हुन् । त्यो सात प्रदेशलाई अहिले आएर टुक्र्याउनु भनेको देशलाई नै टुक्र्याउनु हो । नेपालबाट मधेसलाई अलग्याउने उद्देश्यबाट मधेसवादी दलले त्यो मागलाई उचालिरहेको कुरा सबैले बुझेका छन् । त्यसमाथि नेपालको पहिचान भनेकै हिमाल, पहाड र तराई हो । हामी पहिला नेपाली हौं, अनि मात्रै मधेसी, जनजाति ।
२१औ‘ शताब्दीमा आइपुग्दा जनताको चेतनामा आएको वृद्धिले देश अझै बलियो र आत्मनिर्भरतर्फ उन्मुख हुनुपर्ने हो । तर, राजनीतिक अस्थिरता, कुशासनले गर्दा देश थप कमजोर र बर्बाद भइरहेको छ । यस्तो स्थितिमा गणतन्त्र स्थापना गर्न एकजुट भएका प्रमुख दल र तिनका नेताहरु संविधान कार्यान्वयन गर्न एकजुट हुन सकेनन् भने देश असफलतातर्फ धकेलिने र बिखन्डनकारी मौलाउने अवस्था आउन सक्छ । जसको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले पॉच नम्बर प्रदेश टुक्र्याएर गरिसकेका छन् ।

Related News