​चारदिने ‘राष्ट्र बहस’ हुँदै

दृष्टि न्यूज

काठमाडौं । आजदेखि राजधानीमा ‘राष्ट्र बहस–२०७५’ आयोजना हुँदैछ । पुरानो बानेश्वरस्थित साइम कलेजमा आज सुर हुने बहस २ मंसिरसम्म चल्नेछ । कार्यक्रममा बेलायती संसदीय प्रणालीमा घनिभुत तालिम र बहस हुने कार्यक्रम संयोजक पदम रेग्मीले जनाएका छन् । 
नेपाली भाषामा तर्कसंगत बहस वैचारिक वादविवादका लागि उचित मञ्च प्रदान गर्ने उद्देश्यले ४ वर्षदेखि निरन्तर रुपमा ‘राष्ट्र बहस’ प्रतियोगिता सञ्चालन हुँदै आएको छ । प्रतियोगिताको मुख्य लक्ष्य समावेशिताको सिद्धान्तअनुरुप आफ्ना विचारहरु व्यक्त गर्न सकिने छ । 
यस प्रतियोगिताको आयोजना डेबट नेटवर्क नेपाल ‘डिएनएन’ले गरेको हो । प्रतियोगितामा अधिकतम टोली संख्या ४० र बहसकर्ताको संख्या प्रति टोली २ जना हुने नियम रहेको छ । साथै, सहभागी समूहलाई ३० कार्तिक (आज)सम्म तालिम दिइएको जनाइएको छ । त्यस्तैगरी, १ र २ मंसिरमा समूह चरण छनोट गरिने छ भने ३ मंसिरमा नकआउट चरण हुनुका साथै प्रतियोगिताको फाइनल हुने आयोजकले बताएको छ । 
नेपाली समाजमा बहसको संस्कृतिलाई प्रोत्साहन गर्नको लागि स्तरिय बहसकर्ता, निणार्यक र प्रशिक्षकहरुको निर्माण गर्ने र लोकतान्त्रिक विचारधाराको एक मुल मान्यताको रुपमा रहेको वैचारिक स्वतन्त्रतालाई उत्सवको रुपमा मनाउन हातेमालो गर्ने अभिलाषा यो कार्यक्रमले बोकेको छ । बेलायती संसदीय प्रणालीअन्तर्गत प्रत्यक बहस एक घण्टा समयावधिको हुन्छ, जसमा चार दुई सदस्यीय टोली हुन्छन् । जसलाई सरकार र प्रतिपक्ष गरि दुई भागमा बाँडिन्छन् र उनीहरुले दिइएको विषयमा क्रमशः पक्ष र प्रतिपक्षमा बहस गर्छन् ।

Related News