​१२ अर्बको ठेक्कामा मुछिइन् आरजु

काठमाडौं, १९ मंसिर । सडक विभागको अकर्मन्यताका कारण काठमाडौं उपत्यकाका सडक अस्तब्यस्त छन् । उपत्यकाका सडकको ब्यवस्थापन गर्न सडक विभाग पूरै अक्षम सावित भएको छ । निर्णय क्षमता नभएका सडक विभागका महानिर्देशक गोपालप्रसाद सिग्देलका कारण पनि काठमाडौं उपत्यकाको सडकको दुरवस्था सुधार हुन नसकेको प्राविधिक सहसचिव र उपसचिवहरु नै गुनासो गर्दछन् । महानिर्देशक सिग्देलको कार्यशैलीलाई लिएर आजभोलि सडकका डीई र इन्जीनीयरहरु उनलाई मंगल ग्रहबाट अवतरण भएको भन्न थालेका छन् । सडक विभागको उपमहानिर्देशक समेत नभई आरजु देउवालाई १० खोका अग्रिम बुझाएर महानिर्देशक भएकाले उनलाई मंगलग्रहबाट आएको संज्ञा दिइएको सडकका एक डीईले बताएका छन् । ती डीईका अनुसार सानो भन्दा सानो निर्णय गर्न पनि महानिर्देशक सिग्देलले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीको मुख ताक्ने गरेका छन् । दिनभर सचिव कार्कीले दम दिन्छन्, दिनभर त्यसैले काम गर्छ, भोलिपल्ट दम फुस्किन्छ, बिहान फेरि महानिर्देशकले सचिवलाई भेट्छन्, अनि फेरि दम हालेर आएपछि मात्र कार्यालय जान्छन् । 
यसैबीच, मध्यपहाडी लोकमार्ग पश्चिम खण्डको १२ अर्ब रुपैयााको ठेक्का पनि सेटिङमा ६ वटा ठूला निर्माण ब्यवसायीलाई मात्र दिइएको छ । आयोजना प्रमुख सूर्य भाट र प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाको योजनामा ६ वटा ठूला ठेकेदारलाई मात्र दिनेगरी टेण्डर गरिएको थियो । सार्वजनिक खरिद नियमावलीका केही दफाहरु संशोधन गरी जसरी आरजुले ३० अर्बको धरान–चतरा–हेटौंडा सडक आयोजना ६ वटा ठेकेदारलाई मात्र दिएकी थिइन्, मध्यपहाडीमा पनि यही प्रक्रिया अपनाएर राष्ट्रलाई अरबौं घाटा पारिएको छ । कालिका कन्ष्ट्रक्सन, लामा कन्ष्ट्रक्सन, स्वच्छन्द निर्माण सेवा, शर्मा एण्ड कम्पनी, तुँदी कन्ष्ट्रक्सन लगायतका निर्माण ब्यवसायीलाई मात्र ठेक्का दिइएको छ । यदि स्वस्थ प्रतिस्पर्धा हुँदा १२ अर्बको ठेक्कामा १० अर्ब वा ८ अर्बमा काम गर्नेगरी निर्माण ब्यवसायीहरुले प्रस्ताव हाल्ने थिए । तर पहिले नै सेटिङ गरी ठेक्का दिएर देशलाई धरान–चतराको ३० अर्ब ठेक्कामा १ अर्ब आरजुले नै अग्रिम घुस लिएको आरोप छ । धरान–चतरामा भएको अरबौं नीतिगत भ्रष्टाचारको कमिसनको हिस्सा अख्तियारदेखि अरु दलका नेताहरुसम्म पनि पुगेकाले छानबिनको बिषय बन्न नसकेको सडक विभागका एक अधिकारी बताउँछन् । भौतिक सचिव कार्की र महानिर्देशक सिग्देल आरजुलाई अर्ब दिएर अरु बाँकी कमिसनको हिस्सा नक्सालको रातोघरदेखि अरु दलका नेताहरुलाई पनि भाग लगाइएको छ । ५ हजार घुस खाने खरिदार पक्राउ गर्ने अख्तियार सडकमा ६० अर्बको ठेक्का मिलेमतोमा ६ वटा ठेकेदारलाई दिएर अरबौं भ्रष्टाचार हुँदा पनि मौन छ । यसले अख्तियार पनि यो नीतिगत भ्रष्टाचारमा संलग्न छ भन्ने कुरालाई पुष्टी गर्दछ, सडकका अधिकारीले भने । 
 मध्यपहाडी लोकमार्गमा ६ वटा ठेकेदारलाई मात्र सेटिङमा ठेक्का दिएबापत भौतिक मन्त्रालयका सचिव कार्की र सडक विभागका महानिर्देशक सिग्देलले ४ प्रतिशत कमिसन आरजुलाई भेटी चढाएर अरु भागशान्ति गरेको चर्चा सडक विभागमा हुने गरेको छ । साढे ७ प्रतिशत कमिसन ६ वटा ठेकेदारबाट लिएर आरजुलाई ४ पं्रतिशत बुझाएर बाँकी ३ प्रतिशत सचिव कार्की, महानिर्देशक सिग्देल र मध्यपहाडी आयोजनाका प्रमुख सूर्य भाटले भागशान्ति गरेको आरोप छ । सेटिङमा ठेक्का दिएर कमिसन उपलब्ध गराएपछि सचिव कार्कीले भाटको २ बर्ष अवधि साउनमा पुगे पनि उनलाई पुनः त्यही आयोजनामा थमौती गरेका छन् । भाट सचिव कार्कीका लामो समयदेखिका रात्रिकालीन मनोरन्जनका अभिन्न पार्टनर हुन् ।  

Related News