
बाइबल र माओवाद

‘क्रिस्चियानिटी टुडे’ समेतका प्रकाशनमा अदालती निर्णयलाई आफ्नो पक्षमा भएको भन्दै खुशी प्रकट गरिएको छ । तर नेपालका ताजा घटना विकासबाट पश्चिमी देशका इसाई धर्मप्रचारकहरूलाई दुःखी पनि गराएको छ । त्यो किनभने ‘धर्म्निरपेक्ष’ भनिएको संविधानमा धर्मपरिवर्तनलाई अवैध कार्य मात्र होइन, दण्डनीय अपराधको कोटिमा राखिएको छ । पश्चिमाहरूको विचारमा यो अन्याय हो । धार्मिक स्वतन्त्रता मात्र पर्याप्त हुँदैन । तर समग्रमा इसाई (क्रिस्चियन) धर्म प्रचारकहरू नेपालमा आफ्नो धर्मको तीव्र विकास भएकोमा भने प्रसन्न छन् ।
इसाई मतसम्बन्धी प्रकाशन ‘वर्ल्ड रिलिजन न्युज’ (१२ डिसेम्बर २०१६) मा उद्धृत आँकडा अनुसार, अहिले नेपालमा सात लाख मानिस क्रिस्चियन भइसके । प्रकाशन लेख्छ स् ३० वर्षअघि नेपालमा क्रिस्चियन दुर्लभ थिए । छर्लङ्ग छ, नेपालमा इसाई धर्म (क्रिस्चियानिटी) को विस्तार यही ३० वर्षको अवधिमा भएको हो ।
जग–जाहेर छ, यसै कालखण्डमा नेपालमा ४६ सालको राजनीतिक परिवर्तन आयो, यसै समयमा माओवादीले जनयुद्धको नामबाट हजारौं नेपालीको हत्या गरे–गराए, यसै क्रममा २०६३ सालको आन्दोलन भयो र यही सिलसिलामा राजतन्त्रलाई पाखा लगाइयो । भन्नु परेन, पश्चिमा धर्मप्रचारकहरूले यसै अवधिको सदुपयोग गरे र लाखौं लाटा(सोझा नेपालीलाई आफ्नै सनातन धर्म, बौद्ध धर्म, किराँत धर्मका बागी बनाए । तिनको धार्मिक आस्थालाई खण्डित तुल्याए र ‘प्रभु येशु’ का शरणमा पु—याए । र, त्यसको लागि धर्म नमान्ने नास्तिक नेताहरूलाई सकेसम्म उपयोग गरे – आर्थिक सहायताको माध्यमबाट ।
यी र यस्तै विषय र बुँदा समेटिएको पुस्तक हो ‘बाइबल र माओवाद’ । अर्जुन ज्ञवाली र पेशलकुमार निरौलाले मिलेर लेख्नुभएको यस पुस्तकलाई माथि चर्चा गरिएको इसाई दाबी र आँकडाको सन्दर्भमा पढ्नु उपयुक्त हुन्छ ।
कुरो एउटा बौद्धमार्गी तामाङ वा हिन्दू थापा थरको मानिसलाई धर्मच्यूत गराई इसाई तुल्याउने गलत कार्य्सित मात्र गाँसिएको छैन । संगठित तर गुपचुप तवरले चलाइएको धर्मान्तरणको यस अभियानले वैदिक सनातन, बौद्ध अथवा किराँत धर्म मात्र क्षय गराउने लक्ष्य राखेको छैन, यसले त समस्त पूर्वीय दर्शन र संस्कृतिमाथि धावा बोल्ने काम गरेको छ । र, लेखकद्वयको चासो र चिन्ता यसैमा देखिन्छ । तसर्थ यसै सेरोफेरोमा गरिएका अध्ययन, अनुसन्धानको क्रममा भेटिएका घटना र प्रमाण प्रस्तुत गरिनु सर्वथा स्वाभाविक भयो ।
२०७० साल असोजमा पहिलो संस्करण निस्केको यस पुस्तकको दोस्रो संस्करणमा दिवंगत राजनीतिज्ञ राजेश्वर देवकोटाको मन्तव्य समावेश गरिएको छ । त्यसमा उहाँले इसाई धर्म्विस्तारको कुटिल चाल सफल गराउनमा माओवादीको देनको चर्चा गर्दै लेख्नुभएको छ स् “तर खुद कथित माओवादको भविष्य तुहिँदै जान थालेको अहिले स्पष्ट भइहाल्यो ।’’
चर्चित पुस्तक इसाई चलखेलमा माओवादी भूमिकातर्फ केन्द्रित छ तापनि नेपालमा धर्मान्तरणको अभियानमा मतियार र मद्दतगारको भूमिकासहित राजनीतिक पार्टीका कथित नेताहरू पनि रहँदै आएको जस्ता अन्य पक्षलाई पनि खोतलिएको छ ।
हो, सन्त नेता कृष्णप्रसाद भट्टराई हिन्दूराष्ट्रको पक्षमा हुनुहुन्थ्यो तर नेपाली काँग्रेसका कतिपय सदस्य परधर्मीलाई सघाउन सक्रिय रहे, रहेकै छन् ।
वेद संसारका सबै धर्मग्रन्थहरूमा जेठो धर्मग्रन्थ हो । चार हजार वर्ष पहिलेको ग्रन्थ हो यो भनेर पश्चिमाहरूले नै स्वीकार गरेका छन् ।
येशु, मोहम्मदका सन्दर्भ निकै पछि आएका हुन् । हो, जेठो ग्रन्थ वेदले समयको अन्तरालमा अनेका हावा, हुण्डरी बेहोरेको छ तर यसलाई मास्न, समाप्त पार्न कसैले सकेनन् । छिमेकको भारतमा मुगल (मुसलमान) र अंग्रेजहरूले लामो समय शासन गर्दा पनि वेदमा आधारित धर्म, संस्कृति, दर्शन र मान्यता मास्न सकेनन् । नेपालले त ‘असली हिन्दुस्थान’ को रूपमा आफ्नो परिचय जोगाइरह्यो ।
अहिले इसाई धर्म प्रचारकहरूको अभियानले गहिरो जरो भएको सतिसालको रुखजस्तै वैदिक सनातन धर्मलाई हल्लाउन सक्दैन । हो, तिनको दुष्प्रयास भने अरू केही समय चालू रहला । तर हिन्दू–बौद्ध जागरणले गर्न थालेका खबरदारीबाट तिनका आगामी दिन सहज नहोलान् ।
वैदिक सनातन धर्मले अन्य धर्मको अस्तित्व स्वीकार गर्दै तिनको सम्मान समेत गर्दछ । नेपाल त्यसको दृष्टान्त हो । तर इसाई र मुस्लिम धर्मका व्याख्याताहरू अन्य धर्मको अस्तित्व नै स्वीकार गर्दैनन् । इसाईहरू संसारमा आफ्नो बाहेक अरू धर्म नै छैन भन्छन् भने मुसलमानको पनि उस्तै अवधारणा छ ।
इसाई र मुसलमान समुदायका मानिसले धर्मपरिवर्तन गरे वा नास्तिक हुन खोजे भने त्यस्तालाई मृत्युदण्ड तोकिन्छ । ‘फत्वा’ जारी गर्नेजस्तो चलन वैदिक सनातन धर्ममा हुँदैन । उदार – अनुदारको अनुहार यस्तै कुराबाट चिनिन्छ ।
धर्म संस्कृतिको परिप्रेक्ष्यमा नेपालको सम–सामयिक स्थिति बुझ्न, बुझाउन चर्चित पुस्तक निकै उपयोगी हुने देखिन्छ ।
कृति ः बाइबल र माओवाद
लेखकः अर्जुन ज्ञवाली र पेशलकुमार निरौला
प्रकाशकः विश्व हिन्दू महासंघ तथा विश्व बौद्ध सम्मेलन
संस्करणः चौथो, २०७३ असोज
पृष्ठसंख्याः २७२
मूल्यः रु. ३००।– संस्थागत रु. ५००।–
खेलView More..
भर्खरैView More..
बैंकर्स संघद्वारा ११ प्रतिशतमा ब्याज कायम गर्ने सहमति
बर्तौलालाई अखिल कार्यवाहक अध्यक्षको जिम्मेवारी
सगरमाथालाई प्रदूषित नबनाउन प्रधानमन्त्री आग्रह
पूर्व मन्त्री, पूर्व संसद र पूर्व राजदुत सहित नयाँ शक्तिका २०० नेता कार्यकर्ता एमालेमा प्रवेश
यस्तो विवाह : जो दुलाहाले प्रश्नहरुको सामान गर्दै...!