बाजेको सेकुवामा सुन तस्करुको लगानी,संचालक अझै फरार

दृष्टि न्यूज

काठमाडौं , ३१ जेठ ।

संगठित सुन तस्करी र सनम शाक्य हत्या घटनाको अनुसन्धान गरिरहेको उच्चस्तरीय विशेष समितिले उपत्यकामा सञ्चालित बाजेको सेकुवाका ६ आउटलेट सिलबन्दी गरेको छ । 

समितिले अनामनगर, स्रोहखुट्टे, सामाखुसी, बत्तिसपुतली, कमलपोखरी र गैरीधारास्थित बाजेको सेकुवाको शाखामा छापा मारेर शिलबन्दी गरिएको हो ।रेस्टुरेन्टका मालिक चेतन भण्डारी फरार छन्  । उनलाई फरार प्रतिवादी बनाएर सुन तस्करीमा जिल्ला अदालत, मोरङमा मुद्दा दायर भएको थियो ।

प्रहरीका अनुसार बाजेको सेकुवा नामबाट हाल १० वटा रेस्टुरेन्ट सञ्चालनमा छन् । त्यसमध्ये ५ वटा भण्डारी र एउटा उनको सालो सञ्चालक रहेको गरी ६ वटामा छापा मारेर शिलबन्दी गरिएको समितिले जनाएको छ ।

मोरङ जिल्ला अदालतमा चलिरहेको उक्त मुद्धामा पेस गरिएको अनुसन्धान प्रतिवेदनमा भण्डारीको नाम सुन तस्करीका लगानीकर्ता र फरार प्रतिवादीका रुपमा उल्लेख छ ।

Related News