बाजुरामा कार्यलय सहयोगीले नै गर्छन् एक्सरे

दृष्टि न्यूज

नन्दा थापा, २३ पुस बाजुरा । जिल्ला स्वास्थ्य कार्यलय बाजुरामा कार्यलय सहयोगीले बिरामीको एक्सरे गर्दै आएका छन् । एक्सरे गर्ने कर्मचारी अस्पातलमा उपस्थित नभएकाले कार्यलय सहयोगी दिल बिष्टले बिरामीको एक्सरे गर्दै आएको जिल्ला अस्पताल बाजुराले जनाएको छ । एक्सरे कर्मचारी कोही नहुँदा बिगत एक सातादेखि कार्यालय सहयोगीले एक्सरे गर्दै आएका छन् ।
जिल्ला स्वास्थ्य कार्यलयमा कार्यरत रेडियो ग्राफर वोलराज आर्चाय घर बिदामा गएपछि कार्यलय सहयोगीले एक्सरे गर्दै आएका छन् । ड्राक रोम असिटेन्ट प्रभा भण्डारीले रेडियो ग्राफरमा नाम निकालेर दार्चुला गएपछि उक्त पद एक महिनादेखि रिक्त भएको थियो । एक जना मात्र रेडियोग्राफर रहेका आर्चाय घर बिदामा गएपछि कार्यलय सहयोगीले एक्सरे गर्दै आएको जिल्ला स्वास्थ्य कार्यलय प्रमुख डा. रुपचन्द्र विश्वकर्माले बताएका छन् । 
वोलराज आर्चयको घरमा जरुरी काम भएर बिदामा गएका हुन् । उनले एक्सरे गर्न कार्यलय सहयोगीलाई सिकार गएका हुन्, त्यसैले कार्यलय सहयोगीले एक्सरे गर्दै आएको डा. विश्वकर्माले वताए । पहिला दुई जना हुँदा समस्या थिएन्, ड्राक रोम असिटेन्ट प्रभा भण्डारीले एक तह माथि नाम निकालेर अर्को जिल्ला गएपछि समस्या आएको बताए ।
जिल्ला स्वास्थ्य कार्यलय बाजुराका चिकित्सक डा. दुर्गा महर्जनले भने कोही नहुँदा त कार्यलय सहयोगी गर्दा केही सेवा भएको बताए । कार्यलय सहयोगीलाई खासै एक्सरे गर्न आउँदैन्, एकै जनाको पनि चार पाँच पटक एक्सरे गर्न लगाउने गरेका छौँ, महर्जनले बताए । कार्यलय सहयोगीले गर्दा अलि बिरामीको रोग पत्ता लगाउन र उपचार गर्नमा समस्या आएको वताए । दैनिक जिल्ला अस्पतालमा दशदेखि बिस जनाको एक्सरे कार्यलय सहयोगीले गर्दै आएका छन् । जटिल खाले रोगको एक्सरे भने नहुने गरेको मर्हजनले वताए ।
नियमले कार्यालय सहयोगीले एक्सरे गर्ने कुनै अधिकार हँुदैन । तर बाध्यता रेडियो ग्राफर नभएर कार्यलय सहयोगीले एक्सरे गर्दै आएको जनस्वाथ्य अधिकृत रमेश कुँवरले बताए । जटिल खालको भन्दा सामान्य खालको एक्सरे मात्र उनी गर्दै आएको वताए । लोकसेवालाई एकजना रिक्त भएको लेखी पठाएका छौ, नभए एक जना मात्र हुँदा केही काम परेर बिदा बस्दा समस्या हुने कँुवरले वताए । त्यसैले कार्यलय सहयोगीलाई सिकाएर एक्सरे गर्न लगाएको उनले बताए । 
 

Related News