​स्वास्थ्य संस्थालाई सामाग्री सहयोग

नन्दा थापा, पुस २२ बाजुरा । बुढीगंगा नगरपालिका र छेडेदह गाउँपालिकाका ४ वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । बुढीगंगा नगरपालिका स्थित बाजुरा स्वास्थ्य चौकी, बाह्रविस स्वास्थ्य चौकी र छेडेदह गाउँपालिकाका डोगडी र गुदुखाती स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको हो ।
चारवटा स्वास्थ्य संस्थामा अति आवश्यक र स्वास्थ्य संस्थाको मागका आधारमा साढे तीन लाख बराबरको सामाग्री सहयोग गरिएको छ ।  गुड नेवर्स इन्टरनेशनल र पीसविनको सहकार्यमा सञ्चालित सामुदायिक विकास परियोजनाको स्वास्थ्य सेवा सामाग्री सहयोग गरिएको हो । 
सहयोग सामाग्री जिल्ला स्वास्थ्य कार्यालय बाजुराका जनस्वास्थ्य अधिकृत रमेश कुँवरले सम्बन्धीत स्वास्थ्य चौकीका इन्चार्जलाई हस्तान्त्रण गर्नु भएको थियो । राज्यले एकै साथ सै स्वास्थ्य संस्थालाई पुग्ने गरी भौतिक उपकरण उपलब्ध गराउन नसक्ने हुँदा यो सहयोगले ठूलो राहत पुग्ने बाजुरा स्वास्थ्य चौकी इन्चार्ज विष्णुभक्त जैशीले बताउनु भएको छ ।
दुर्गम क्षेत्रको स्वास्थ्य सेवालाई गुणस्तर बनाउन उपलब्ध स्वास्थ्य सामाग्रीले ठूलो सहयोग पुग्ने जनस्वास्थ्य अधिकृत रमेश कुँवरले बताउनु भएको छ । जति सक्यो बढी उपयोग गरी सेवालाई थप गुणस्तरीय बनाउन प्रयोग गर्न इन्चार्जलाई जनस्वास्थ्य अधिकृतले सुझाव दिनु भएको छ । 
जिल्ला स्वास्थ्य कार्यालयसँगको सहकार्यमा स्वास्थ्य संस्थालाई अति आवश्यक सामाग्री सहयोग गरिएको हो । सर्वसाधारणको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पुर्याउन दुर्गम गाउँ क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा अत्यावश्यक स्वास्थ्य साम्रागी सहयोग गरिएको पीसविन सामुदायिक विकास परियोजना स्वास्थ्य श्रोत व्यक्ति चित्रराज जोशीले बताउनु भएको छ ।
आवश्यक सामाग्री नहुँदा उपचार सेवामा समस्या भईरहेको बेला सहयोग सामाग्रीले सेवा प्रवाहमा सजिलो हुने बताउँदै बुढीगंगा नगरपालिका स्वास्थ्य शाखा संयोजक दिपक शाहले आगामी दिनमा स्वास्थ्य संस्थालाई आवश्यक सामाग्रीको पहिचान गरी सहयोग गर्न सुझाव दिनु भएको छ ।
अपुग सामानहरु प्राप्त भएपछि सेवा प्रवाहमा सजिलो हुने बाह्रविस स्वास्थ्य चौकी इन्चार्ज कुलबहादुर रावलले बताउनु भएको छ । सहयोग स्वरुप डे«सिङ टे«य, हस्पिटल बेड, इएनटी सेट, डेन्टल चियर, डेन्टल सेट, र्याक लगायत २० बढी किसीमका सामान हस्तान्त्रण गरिएको सिनियर विकास सहायक मंगल बाँनीयाले बताउनु भएको छ । 
सामाग्री बुझ्न बाजुरा स्वास्थ्य चौकी इन्चार्ज विष्णुराज जैशी, बाह्रविस स्वास्थ्य चौकी इन्चार्ज कुलबहादुर रावल, बुढीगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख दिपक शाह लगायतको उपस्थिति रहेको पीसविन सिनियर विकास सहायक दिपक बुढाले बताउनु भएको छ । यस अघि काँडा, जयवागेश्वरी र बाजुरा स्वास्थ्य चौकीलाई साढे पाँच लाख बराबरको सामान सहयोग गरिएको परियोजना संयोजक टेकबहादुर थापाले बताउनु भएको छ । 

Related News