​बोल्ट कथाहरु

छविरमण सिलवाल, काठमाडौं, १९ पुस । हरेक मान्छेका आ—आफ्नै पीरव्यथा हुन्छन् । जीवन जीउँने तरीका फरक हुन्छन् । नेपाली साहित्यमा पनि सबै आ–आफ्नै शैली र शिल्प हुन्छन् । लेखनमा आ–आफ्नै बैशिष्ठता हुन्छन् । निरन्तर साधनाले खारिएर हुर्केका स्रष्टाका सिर्जनाहरु पढ्दा प्रत्यक्ष समाज पढिरहेको आभाष हुन्छ । यस्ता कृतिहरुले नेपाली साहित्यको एउटा युुग हाकिरहेको हुन्छन् । वर्तमान समयमा हामीले भोगेका भोगाई नमिठो छ । पीडाका पहाडहरु चुलिएका चुलिएै छन् । द्धन्द्धको घाउ खाटा नबस्दै विविध घाउहरु बल्झिरहेका छन् । पौरखी पाखुराहरु खाडी मुलुकमा पसिना बहाउँन बाध्य छन् । राजनीतिक कारणबाट अनेकन विकृतिहरु मौलाएर जनता आजित बनेका छन् । राजनीतिक आवरणमा मौलाएका विकृतिहरुले हाम्रो पहिचाननै संकटमा परेको आभाष भएको छ । मान्छेको स्वार्थपनले मानवमानवविचमा विश्वासको संकट परिरहेको छ । यो कुनै कथा होइन, नत इतिहास नै हो । यो सत्य हामीले भोगेको यथार्थ हो । यीनै राजनीतिक विकृतिहरुले निम्त्याएका अनेकन विकृतिहरुलाई कथाका माध्यमबाट कथाकार राजेन्द्र पराजुलीले पोखेका छन्, शुक्रराज शास्त्रीको चस्मा मार्फत । 
नेपालीमा उखानै छ, अकवरी सुनलाई कसी लगाउँनु पर्दैन । यो यसै बनाएको होइन रहेछ । पराजुली स्थापित साहित्यकार हुन । आख्यानकार पराजुली नेपाली पत्रकारीतामा पनि स्थापित नाम हो । नेपाली साहित्यको आख्यानमात्र नभई कुशल कवि पनि हुन पराजुली । उनका जाडोमा भोक, विकल्प यात्रा र सपनामा माक्र्स कथासंग्रह, अनामिका उपन्यास र भ्रष्ट संवेदना कवितासंग्रह प्रकाशित छन् । कथाको चौथो कृति तथा कृतिगत रुपमा छैटौं कृति हो शुत्रराज शास्त्रीको चस्मा । प्रस्तुत संग्रहभित्र बिस ओटा सुन्दर कथाहरु समेटिएका छन् । जसले नेपाली कथा साहित्यमा एउटा विशिष्ठता कायम गरेका छन् । 
नेपाली राजनीतिले फस्टाएको विकृतिले शहिदको अपमान भएको ठहर यस संग्रहको पहिलो कथा शुक्रराज शास्त्रीको चस्माले बताउँछ । साँच्चिकै देशको लागि शहिद भएका चार सपुत मध्ये शुक्रराज शास्त्री पनि एक हुन । उनैको सालिक अगाडी अर्को लोकतन्त्रको नाममा शहिद भएको मान्छेको चुरीफूरी देख्दा र उनको चस्मा भैमा खसेर चकनाचुर हुन्छ । असली शहिदको शिर निहुरीन्छ । तर यसको भेउ कसैले पाएका छैनन् । नेपालमा राजनीति गर्नेहरुले जो जसका खातिर र आफ्ना स्वार्थमा मरेका मान्छेलाई पनि शहिद बनाएको खवरहरु हामीले सुनेकाछौ, भोगेका छौ र देखेका छौं । यस्ता विकृतिहरुले राष्टियता नै धरापमा परिरहेको अनुमान लगाउँन सकिन्छ । 
गुलावी सुट शिर्षककोे कथाले क्रान्तिकारी गरेर हजारौं मान्छेलाई मारेर सत्तामा पुगेपछि सुट गिफ्ट गर्ने कृष्ण टेलर्सलाई पनि चिन्दैन । यी र यस्ता स्वार्थी नेताहरुको क्रियाकलापले गर्दा नेताप्रति जनताको विश्वासमा कमि भैरहेको छ, यो सत्य हो, यही सत्यताको उजागर पराजुलीका कथाहरुले गरेका छन् । 
काठमाडांै शहरका विकृतिहरुलाई पनि कथामा समेटेका छन् । अयोग्य लडाकुका व्यथाहरु छन् । मान्छे एकपटक वृद्ध हुनैपर्दछ, तर उमेरमा त्यो कुरा बुझदैन मान्छे, त्यसैले त स्वार्थ बन्दै गएको मान्छेका कथाहरु पनि यहाँ पढ्न सकिन्छ । मायाको रुप कस्तो हुन्छ भन्ने कुरा सो कथाले बोलेको छ । अयोग्य लडाकुका मार्मिक कथा पढ्न साकिन्छ प्रस्तुत पुस्तकमा । ‘काम छन्जेल भाडो काम सकिए पछि ठाडो भने जस्तै अयोग्य ठहरीएका लडाकुहरुले समाजमा पुनःस्थापना हुनको लागि भोग्नु परेका यावत समस्याहरु कथा मार्फत पोखिएका छन् । कथाकार आफैपनि एउटा स्थापित साहित्यकार र पत्राकार पनि हुन् । तर त्यहाँ भित्रको विकृति उनलाई कति मन परेको छैन । उनी कथा मार्फत ति विकृतिलाई उजागर गर्न चाहन्छन् । र, शुक्रराज शास्त्रीको चस्मा मार्फत यी विकृतिहरुलाई पोखेका छन् । मान्छेहरुले मान्छेलाई कसरी भ¥याङ बनाउँछ, आफू माथी पुग्नको लागि भन्ने ज्वलन्त तथा यथार्थता उनका कथामा भेटिन्छन् । यो नेपाली साहित्यमा चरम विकृतिहरुको एउटा नमूना कथामात्र हो । 
समग्रमा हेर्दा पराजुलीका कथाहरु वर्तमान समयमा नेपालीले भोगेका भोेगाई, राजनीतिक परिवेशले निम्त्याएको विकृतिहरुका प्रतिनिधि कथाहरु हुन् । हामीले भोगेका कटुसत्यहरु हुन् । यसमा मलाई खड्केको  एउटा कुरा के भने यी विकृतिका मतियार नेताहरुमात्र हुन र ? जनता पनि उत्तिकै दोषी हुन जस्तो मलाई लाग्छ । किनभने खोलामा फ्याकेको काम नलाग्ने ढुङ्गालाई नेता पुजेका हामीले नै हौ । हामी अब यीनीहरुका विरुद्ध सचेत हुनु जरुरी छ है भन्ने मूल सन्देश कथाले दिएको छ । उनका कथाहरु यथार्थको धरातलमा लेखिएका छन् । वास्तवमा अब कल्पनाको साहित्य लेखेर पाठकलाई अल्मल्याउँने बेला होइन जस्तो लाग्छ । त्यसकारण यी कथाहरु समयका दस्तावेजहरु हुन इतिहासमा यी कथाहरुले हाम्रा क्रुर समयका संवेदनाहरु भावी पिँढीले पढेर सजग हुनेछन्, उनीहरुको लागि यी कथाहरु सचेत रहने आधारपत्र रहने कुरामा विश्वस्त हुन सकिन्छ । 

Related News