​प्रारम्भिक नतिजामा वाम गठनबन्धनलाई धेरै जिल्लामा अग्रता

काठमाडौं, २१ मंसिर । पहिलो चरणमा गएको मंसिर १० गते भएको ३२ जिल्लाको ३७ निर्वाचन क्षेत्रको मतगणना बिहीबार ५ बजेदेखि भइरहेको छ । ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभाको निर्वाचनको प्रारम्भिक नतिजामा वाम गठबन्धनले अग्रता लिइरहेको छ । 
प्रतिनिधिसभातर्फ वाम गठबन्धनका दुई पार्टीमध्ये एमाले १३ र माओवादीले ११ ठाउँमा अग्रता लिएका छन् । लोकतान्त्रिक गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेसले २ क्षेत्रमा अग्रता लिएको छ । राप्रपाका पशुपतिशमशेर राणाले सिन्धुपाल्चोक २ मा सुरुवाती अग्रता लिएका छन् । 
एमालेले नुवाकोट २, मुस्ताङ, म्याग्दी, मनाङ, बाजुरा, बझाङ, बैतडी, दार्चुला, ताप्लेजुङ, पाँचथर, ओखलढुंगा, धादिङ, रामेछाप, दोलखा जस्ता जिल्लामा अग्रता लिएको छ । माओवादी केन्द्रले सोलु, सिन्धुपाल्चोक १, जाजरकोट, रुकुम, पूर्वी रुकुम, रोल्पा, सोलु, लमजुङ, हुम्ला, गोरखाका दुवै क्षेत्रमा अग्रता लिएको छन् । 
नेपाली कांग्रेसले रसुवा र भोजपुरमा अग्रता लिएको छ ।  

Related News